भिजेको फोन चामलमा नराख्न एप्पलको आग्रह

भिजेको फोन चामलमा नराख्न एप्पलको आग्रह : Icon Khabar

काठमाडौं, फागुन १४ । एप्पलले आफ्ना प्रयोगकर्तालाई भिजेको फोन चामलमा नराख्न चेतावनी दिएको छ । पानी सोस्ने विश्वासमा प्रयोगकर्ताले चामलमा फोन राख्दा उल्टै फोनमा थप क्षति पुग्ने भन्दै एप्पलले त्यसो नगर्न आग्रह गरेको हो ।

यसो त विज्ञहरूले फोन जोगाउन चामलमा राख्ने तरिका गलत भएको औंल्याउँदै आएका थिए । अहिले भने एप्पलले आधिकारिक रूपमा चामलमा नराख्न सुझाव दिएको छ ।

“चामलको बोरामा आईफोन नराख्नुहोला,” एप्पलले सपोर्ट नोटमा लेखेको छ, “त्यस्तो गर्दा फोनमा चामल छिर्छ र त्यसले फोनलाई थप क्षति गर्छ ।” एप्पलले आईओएस लिक्विड डिटेक्सन अलर्टको सपोर्ट डकुमेन्टमा आईफोन चामलमा राख्दा त्यसले थप क्षति पर्‍याउने उल्लेख गरेको छ ।

विशेषगरी लाइटनिङ पोर्ट वा यूएसबी-सी कनेक्टरमा पानी (लिक्विड) पसेको छ भने आईफोनले त्यसलाई पहिचान गरी जानकारी दिन्छ । त्यसपछि कनेक्टरलाई डिसेबल गरिदिन्छ । जसले गर्दा चार्ज लगाउँदा पनि फोनमा चार्ज हुँदैन ।

त्यसो भए आईफोनमा पानी पर्‍यो भने के गर्ने ?

पछिल्लो समय बजारमा आएका आईफोन वाटर रेसिस्टेन्स अर्थात् पानीमा परे पनि कुनै असर नपर्ने किसिमका छन् । ती फोनलाई पानीभित्र लगेर पनि भिडिओ वा फोटो खिच्न सकिन्छ । त्यस्तोमा तपाईंले चिन्ता लिइरहनु परेन ।

तपाईंको आईफोन पुरानो हो भने त्यसमा ‘लिक्विड डिटेक्ट’ अलर्ट हुन्छ । भिजेको फोन चार्ज गर्न खोज्दा त्यस्तो अलर्ट बज्छ । त्यस्तोमा सबैभन्दा पहिले चार्जर निकाल्नुहोस्, अनि कनेक्टरलाई तलपट्टि पर्नेगरी आधा घण्टादेखि एक घण्टासम्म राख्नुहोस् ।

यसरी लामो समय राखेपछि फोनमा भएको पानी निस्किन्छ र फोन पहिलेकै अवस्थामा आउँछ । तर, याद गर्नुहोस् फोनमा छिरेको पानी बाहिर ल्याउन तातो लगाउने वा भ्याक्युम तथा ड्रायर प्रयोग गर्नु हुँदैन । त्यस्तै कनेक्टरमा कपास राखेर पानी हटाउनु खोज्नु पनि गलत हो ।

Published Date: 26 February 2024


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर