सार्वजनिक संस्थानलाई निजीकरण गरिने अर्थमन्त्रीको घोषणा

सार्वजनिक संस्थानलाई निजीकरण गरिने अर्थमन्त्रीको घोषणा : Icon Khabar

काठमाडौं, फागुन १४ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षमा थप सार्वजनिक संस्थानहरुको निजीकरण गरिने घोषणा गरेका छन् ।

पछिल्लो समय रुग्ण रहेका सार्वजनिक संस्थानको निजीकरण हुन सकेको छैन । उल्टै सरकारले नै बन्द उद्योगहरु चलाउन प्रयास गरिरहेको छ । तर, त्यसको विपरीत अर्थमन्त्री महतले आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त तथा प्राथमिकता संसद्‍मा प्रस्तुत गर्दै निजी क्षेत्र प्रतिस्पर्धी रहेका क्षेत्रमा रहेका सार्वजनिक संस्थानलाई निजीकरण गरिने घोषणा गरेका हुन् ।

‘त्यस्ता सार्वजनिक संस्थानको सेयर बिक्री वा व्यवस्थापन करारमार्फत विनिवेश गरिनेछ,’ अर्थमन्त्री डा. महतले भने ।

यसका साथै बन्द भएका सार्वजनिक संस्थालाई निजी क्षेत्रको सहभागितामा सञ्चालनको प्रयास गरिने घोषणा पनि मन्त्री महतले गरेका छन् ।

औद्योगिक क्षेत्रहरुलाई पूर्ण क्षमतामा सञ्चालन गरिने तथा उद्योग सञ्चालनका लागि जग्गा पाउने प्रक्रियालाई सहजीकरण गरिने घोषणा पनि अर्थमन्त्रीले गरेका छन् ।

साथै उनले मुलुकमा विदेशी लगानी भित्र्याउन सहज कानुनी व्यवस्था मिलाइने घोषणा गरेका छन् ।

निजी क्षेत्रलाई आर्थिक विकासको इञ्जिन बनाउन आवश्यक कानुनी पूर्वाधार बनाउने घोषणा पनि उनले बताए ।

Published Date: 26 February 2024


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु