बलिउडकी पहिलो महिला सुपरस्टार श्रीदेवीलाई हेर्न रकेट फायर रोकिएको त्यो क्षण…

बलिउडकी पहिलो महिला सुपरस्टार श्रीदेवीलाई हेर्न रकेट फायर रोकिएको त्यो क्षण… : Icon Khabar

मुम्बई, फागुन १४ । बलिउडकी पहिलो महिला सुपरस्टार श्रीदेवीको निधन भएको आज ६ वर्ष पुगेको छ । ठूला आँखा, सुन्दर अनुहार र स्वरकी धनी श्रीदेवीले आफ्नो अभिनयले पितृ सत्तात्मक उद्योगलाई पल्टाइदिएकी थिइन् ।

चार वर्षको उमेरदेखि अभिनयसँग जोडिएकी श्रीदेवीले आफ्नो जीवनका ५० वर्ष फिल्मलाई दिइन् । उनले यो समयावधिमा पद्मश्री, नेशनल अवार्ड, फिल्मफेयर, लाइफटाइम अचिभमेन्टलगायतका कैयौं सम्मान पाइन् ।

उनको निधन सन् २०१८ को फेब्रुअरी २४ मा दुबईमा भएको थियो । उनी आफ्ना श्रीमान् बोनी कपूरसंगै भतिजाको विवाहका लागि दुबई पुगेका थिए । निधनको अघिल्लो दिन उनका श्रीमान् बोनी भारत फर्किए पनि श्रीदेवी भने दुबईमै बसेकी थिइन् । यहीबीचमा बोनी अचानक श्रीदेवीलाई सरप्राइज दिन त्यहाँ पुगे । जुन कुराले श्रीदेवी निकै खुशी थिइन् ।

दुबै जना रोमान्टिक डेटमा जाने तयारीमा थिए । जसका लागि तयार हुन श्रीदेवी बाथरुम गइन् । तर उनी त्यहाँबाट फर्किइनन् । १० मिनेटसम्म पनि श्रीदेवी नफर्किएपछि बोनी बाथरुममा हेर्न गए । तर ढोकामा भित्रबाट चुकुल लागेको र कुनै जवाफ नआएपछि उनले ढोका फोडे । उनले श्रीदेवीलाई बाथटबमा बेहोस अवस्थामा भेटे । पानीमा डुबेकी श्रीदेवीको निधन भइसकेको थियो ।

श्रीदेवीसँग जोडिएका धेरै किस्साहरु बलिउडमा अझै चर्चित छन् । फिल्म ‘खुदा गवाह(१९९२)’ को सुटिङका लागि अफगानिस्तान पुग्दाको किस्सा झनै रोचक छ । श्रीदेवी र अमिताभ बच्चन यो फिल्म सुटिङ गर्न अफगानिस्तानका कैयौं भागमा पुगेका थिए । तर त्यो समयमा अफगानिस्तानमा युद्ध भइरहेको थियो । जहीँ–हीँ गोलीबारी र मिसाइलको प्रयोग भइरहेका थिए । मानिसहरु घर बाहिर निस्कन डराइरहेका थिए ।

सोभियत संघले अफगानिस्तानलाई आफ्नो कब्जाबाट हटाएपछि देशको जिम्मेवारी नजीबुल्लाहलाई दिएको थियो । उनी त्यहाँको राष्ट्रपति बने । नजीबुल्लाह भारतीय फिल्मका ठूला प्रशंसक थिए । यही बेला अमिताभ र श्रीदेवीको फिल्म सुटिङका लागि उनीहरुले त्यहाँको सरकारसँग अनुमति मागे र अनुमति पनि पाए ।

उनीहरुले अनुमति पाए पनि त्यहाँको अवस्था खराब थियो । जब अमिताभ र श्रीदेवी सुटिङका लागि अफगानिस्तानको बुजकशीस्थित मजार–ए–शरीफ पुगे । राष्ट्रपति नजीबुल्लाहले अफगानिस्तानका आधा सेना अमिताभ र श्रीदेवीको सुरक्षाका लागि प्रयोग गरे ।

फिल्मको सुटिङ हेर्नका लागि अफगानिस्तानका मानिसको भीड जम्मा हुने गथ्र्यो । कैयौं पटक कस्तो अवस्था सिर्जना भयो भने श्रीदेवीलाई हेर्नका लागि अफगानिस्तानमा गोली चल्न बन्द हुन्थ्यो र त्यहाँका स्थानीय बिना भय सुटिङ हेर्न घर बाहिर निस्कन्थे ।

जसै सुटिङ सकिन्थ्यो, गोलाबारी पुनः प्रारम्भ हुन्थ्यो । एकपटक त अफगानिस्तानका मिलिटेन्ट कमाण्डर रकेट फायर गर्न लागेका थिए, तर श्रीदेवीको सुटिङमा समस्या नहोस् भनेर उनले फायरिङ रोकेका थिए ।

यही कारण अफगानिस्तानका मानिसहरु श्रीदेवीलाई शान्तिका प्रतिक मान्छन् । अमिताभ र श्रीदेवी सुटिङ सकेर भारत फर्कन लाग्दा राष्ट्रपति नजीबुल्लाहले दुवैलाई ‘अर्डर अफ अफगानिस्तान’ बाट सम्मान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 26 February 2024
Website | + posts




ताजा
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)
भक्तपुरमै फरक–फरक मितिमा म्हःपूजा र किजा पूजा मनाइने
७० वर्षभन्दा माथिका जेष्ठ नागरिकले हवाई टिकटमा ५० प्रतिशत छुट पाउने
नयाँ नेपाली फिल्म ‘आ बाट आमा’ को नयाँ पोस्टर सार्वजनिक, माघ १६ गतेदेखि प्रदर्शनमा आउने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा साइकल संस्कृति प्रवर्द्धन गर्न साइकल कनेक्ट र जेन्युन स्कुलबीच सम्झौता