प्रतिनिधिसभाको फागुन १८ मा बस्ने बैठकमा सरकारले विवादित मन्त्री र प्रश्नको जवाफ दिने

प्रतिनिधिसभाको फागुन १८ मा बस्ने बैठकमा सरकारले विवादित मन्त्री र प्रश्नको जवाफ दिने : Icon Khabar

काठमाडौँ, फागुन १४ । प्रतिनिधिसभाको फागुन १८ मा बस्ने बैठकमा सरकारले विवादित मन्त्री र विपक्षी दलहरूले उठाएका प्रश्नको जवाफ दिने भएको छ ।

प्रमुख प्रतिपक्षी एमालेले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेत र संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीको राजीनामा माग गर्दै प्रतिनिधिसभाको सोमबारको बैठक अवरुद्ध गरेको थियो ।

१५ मिनेट प्रतिनिधिसभा बैठक स्थगित गरेर सभामुख र दलहरूबीच आगामी बैठकमा सरकारले जवाफ दिने समझदारी भएको हो । बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ पनि सहभागी थिए ।

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको आगामी बैठकमा दलहरूले उठाएका प्रश्नको जवाफ दिन ध्यानाकर्षण गराएका थिए ।

प्रतिनिधिसभाको सोमबारको दैनिक कार्यसूचीमा अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेटका सिद्धान्त र प्राथमिकता बैठकमा प्रस्तुत गर्ने रहेको छ ।

प्रकाशित : फाल्गुन १४, २०८० १२:२९
Share on Facebook
Share on Twitter
Share via Email

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 26 February 2024
Website | + posts