रूससँगको जारी युद्धमा युक्रेनका ३१ हजार सैनिक मारिएको तथ्यांक सार्वजनिक

रूससँगको जारी युद्धमा युक्रेनका ३१ हजार सैनिक मारिएको तथ्यांक सार्वजनिक : Icon Khabar

किभ, फागुन १४ । रूससँगको जारी युद्धमा युक्रेनका ३१ हजार सैनिक मारिएको तथ्यांक सार्वजनिक भएको छ ।

युक्रेनका राष्ट्रपति भ्लादिमर जेलेन्स्कीले रुसको पूर्ण मात्रामा आक्रमण सुरु भएदेखि अहिलेसम्म ३१ हजार सैनिक मारिएको बताएका हुन् । तर, उनले रुसी सैन्य योजनालाई मद्दत गर्ने भएकाले घाइतेको संख्या भने सार्वजनिक नगर्ने जनाएका छन् ।

सामान्यतया, युक्रेनी अधिकारीहरूले युद्धमा मारिएका सेवाकर्मीहरूको संख्या सार्वजनिक गर्दैन थिए, तर रूससँगको युद्ध प्रारम्भ भएको दुई वर्ष पुगेको अवसरमा उनले यो संख्या सार्वजनिक गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

युक्रेनका रक्षा मन्त्री रुस्तम उमरोभले युक्रेनका लागि सबै पश्चिमी सहायतामा ढिलाइ भएको र युद्धग्रस्त क्षेत्रमा खर्च गर्न नपाएपछि ज्यान जोखिममा पर्दै गएपछि यो तथ्यांक सार्वजनिक गर्नु परेको बताएका छन् ।

‘अहिलेको प्रतिवद्धता युक्रेनका लागि पर्याप्त छैन, त्यसले कुनै काम गर्दैन,’ रुस्तम उमरोभले आइतवार टेलिभिजन सम्बोधनमा भनेका छन् । युक्रेनले हाल रुसलाई आफ्नो क्षेत्रबाट धपाउने आफ्नो मिसनमा विभिन्न प्रकारका अवरोधहरू भोगिरहेको छ ।

उमरोभले वैदेशिक सहयोग र आपूर्तिको अभावले युक्रेनलाई युद्धको संख्यामा थप क्षतिमा पुर्‍याइरहेको बताएका छन् । ‘हामीले सम्भव र असम्भव सबै गर्छौं, तर समयमै आपूर्ति नहुँदा यसले हामीलाई हानि गर्छ,’ उनले भने ।

जर्मनीका रक्षामन्त्री बोरिस पिस्टोरियसले नोभेम्बरमा के चेतावनी दिएका थिए भने मार्चसम्म १० लाख तोपखाने गोलाहरू उपलब्ध गराउने योजना पूरा हुने छैन ।

गत जनवरीमा युरोपेली संघले यी मध्ये आधाभन्दा बढी समय सीमामा युक्रेनमा पुग्ने र २०२४ को अन्त्यसम्म पूर्ण प्रतिज्ञा गरिएको रकम त्यहाँ नपुग्ने बताए पछि युक्रेनको अवस्था थप दयनिय हुन सक्ने जनाइएको छ ।

Published Date: 26 February 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास