ओछ्यानमै खाना खानुहुन्छ? सावधान !

ओछ्यानमै खाना खानुहुन्छ? सावधान ! : Icon Khabar

काठमाडौं, फागुन १४ । हाम्रो देशमा खानालाई जति महत्व दिइन्छ, त्यति नै महत्व दिइन्छ भोजन ग्रहण गर्ने तरिकालाई पनि ।

प्राचिनकालमा भुईँमा बसेर खाना खाने चलन थियो । विस्तारै भूईको स्थान डाइनिङ टेबलले लियो । अहिले त्यस्ता धेरै मानिस छन्, जो ओछ्यानमा बसेर टेलिभिजन हेर्दै खाना खान्छन् ।

यद्यपि, ओछ्यानमा बसेर खाना खानुलाई राम्रो मानिँदैन । यो विचारसंग वैज्ञानिकले पनि सहमति जनाएका छन् । विशेषज्ञहरुका अनुसार ओछ्यानमा बसेर भोजन गर्नुका विभिन्न नोक्सानीहरु छन् । ओछ्यानमा बसेर खाना खानुका निम्न बेफाइदाहरु छन् ।

पाचन नराम्रो हुनु

विशेषज्ञका अनुसार ओछ्यानमा बसेर खाना खाँदा आनन्दसंग बसेर अथवा सुतेर खान्छौँ । खाना खाने क्रममा यी दुवै पोस्चरले पाचन रसको नैसर्गिक प्रवाहलाई वाधा पुर्याउँछ । यहि कारणले पाचनतन्त्रमा विपरित प्रभाव पर्छ । जसले पेटमा भारीपन हुन्छ र यो एसिड रिफ्लेक्सको कारण बन्छ । त्यसै सधैँ सिधा बसेर खाना खानु पर्छ ।

एलर्जीको खतरा

जब ओछ्यानमा बसेर खाना खाइन्छ, तब प्रायः भोजनमा कणहरु ओछ्यानमा छरिन्छ । यसले ओछ्यानमा फंगस इन्फेक्शन र संक्रमण फैलिन्छ । जसले एलर्जी, श्वास सम्बन्धि समस्या अथवा अन्य संक्रमण हुने डर हुन्छ ।

वजन बढ्ने खतरा

सुन्दा अनौठो लाग्न सक्छ, तर यो कुरा सत्य हो । वास्तवमा मानिस ओछ्यानमा बसेर खाना खानुको कारण सजिलै टेलिभिजन अथवा मोबाइल हेर्न मिलास भनेर हो । यसरी खाना खाँदा ध्यान खानाबाट हट्छ र स्क्रीनमा केन्द्रित हुन्छ । जसले गर्दा कति खाना खाँदैछु भन्ने अनुमान हुँदैन । जसले गर्दा आवश्यक भन्दा बढी भोजन खानाले वजन बढ्न सक्छ ।

निद्रामा असर

ओछ्यानमा भोजन गर्नाले निद्रा पनि प्रभावित हुन्छ । यसको कारण हो हाम्रो मस्तिष्क कुनै विशेष स्थानबाट सम्बन्धित क्रियाकलापलाई पहिचान गर्छ । ओछ्यानमा हामी सुत्छौँ भन्ने कुरा हाम्रो मस्तिष्कले बुझेको छ तर ओछ्यानमा खानाले मस्तिष्क कन्फ्यूज हुन्छ । जसले गर्दा सुत्नमा समस्या हुन सक्छ । यसबाहेक सफा ओछ्यानमा निद्रा पनि राम्रो लाग्छ । तर जब ओछ्यानमा केहि खान्छौँ, तब ओछ्यान फोहोर हुन्छ र फोहोर ओछ्यानमा निद्रा राम्रो लाग्दैन ।

संक्रमणको खतरा

ओछ्यानमा बसेर खाना खाँदा भोजनको कण ओछ्यानमा जान्छ जसका कारण विभिन्न किसिमका किटाणु उत्पन्न हुन्छ । जसले गर्दा ओछ्यानमा सूक्ष्म किरा र साङ्ला पनि आउँछन् । जसले गर्दा संक्रमणको खतरा हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 26 February 2024
Website | + posts