मिस एण्ड मास्टर लिटल स्टार मदरल्याण्डको ग्रायण्ड फिनाली यही फागुन ४ गते हुने

मिस एण्ड मास्टर लिटल स्टार मदरल्याण्डको ग्रायण्ड फिनाली यही फागुन ४ गते हुने : Icon Khabar

भक्तपुर, माघ २९ । मदरल्याण्ड इङ्गलिस स्कुल, सूर्यविनायक नगरपालिका- ९ भाटेढिकुर भक्तपुरले मिस एण्ड मास्टर लिटल स्टार मदरल्याण्ड सिजन १ आयोजना गर्ने भएको छ ।

प्रतियोगिताको लागि ९ देखि १२ वर्षका २९ छात्रा र १६ छात्र क्लोज क्याम्पमा छन् । क्लोज क्याम्पपछि यही फागुन ४ गते कृषि विकास बैंकको तालिम केन्द्र बोडेमा दिउँसो २ बजे हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा स्कुलका प्रिन्सिपल सञ्जय खड्काले जानकारी दिए ।

विद्यार्थीहरुको बाहिरीसँगै भित्री सुन्दरता निखार्न प्रतियोगिता गर्न लागिएको स्कुलले आइतबार गरेको पत्रकार सम्मेलनमा प्रिन्सिपल खड्काले बताए । उनका अनुसार विद्यार्थीहरुको रुचिलाई उजागर गरी उनीहरुको क्षमतालाई थप परिस्कृत गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

प्रिन्सिपल खड्काले विद्यालयहरुमा यस्तो कार्यक्रम संचालन गर्ने फेसन चले पनि आफुहरुले संचालन गरेको ‘मिस एण्ड मिस्टर लिटिल स्टार मदरल्याण्ड-२०८०’ भने भिन्नै रहेको बताएका छन्। उनका अनुसार ‘मिस एण्ड मिस्टर लिटिल स्टार मदरल्याण्ड-२०८०’ का लागि माघ ८ गते देखि विद्यार्थीहरुलाई तालिमको व्यवस्था गरिएको हो। एकल नृत्यका तथा गायन प्रशिक्षणका लागि छुटाछुटै कोरियोग्राफरको व्यवस्था विद्यालय नै गरी दिएको उनले बताए।

हाललाई यो कार्यक्रम विद्यालय भित्रका विद्यार्थीमा मात्रै सिमित राखेको उनको भनाइ छ। उक्त कार्यक्रमकी कोरियोग्राफर एवं मोडल सुमी बनियाले राष्ट्रिय स्तरको ट्यालेन्ट सो ‘मिस एण्ड मिस्टर लिटिल स्टार मदरल्याण्ड-२०८०’ मा शिक्षा क्षेत्रका तीन जना, सौन्दर्य क्षेत्रबाट एक जना र कलाकारिता क्षेत्रबाट एक जना गरी पाँच जनाको निर्णायकमण्डल हुने बताईन्।

Published Date: 12 February 2024
ताजा
प्रतिनिधिसभा निर्वाचन २०८२: भक्तपुर–१ मा रुकेश रंजित ९,१२३ मत प्राप्त गरी अगाडि, प्रेम सुवाल पछ्याउँदै
प्रतिनिधिसभा निर्वाचन २०८२: भक्तपुर–१ मा रुकेश रंजित ९,१२३ मत प्राप्त गरी अगाडि, प्रेम सुवाल पछ्याउँदै
काठमाडौं–१ मा ‘घन्टी’को दबदबा: रास्वपाकी रञ्जु दर्शनाको जित लगभग निश्चित, प्रतिस्पर्धी धेरै पछाडि
तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले अग्रस्थानमा


ट्रेन्डिङ
चाँगुनारायण मन्दिर जाने सडकमै मोटरसाइकलसँग २५ रुपैयाँ असुली, यात्रुहरूको गुनासो
नवदम्पतीलाई यौन जीवनबारे केही सुझाव : स्वस्थ सम्बन्धको आधार आपसी समझदारी
बिहिबार सुनको भाउ प्रतितोला ४ हजार ३ सय रुपैयाँले बढ्यो
शुक्रबार सुनको भाउ घट्यो