आज साेमबारको राशिफल

आज साेमबारको राशिफल : Icon Khabar

काठमाडौँ, माघ २९ । आज २०८० साल माघ २९ गते सोमबार, तद्अनुसार १३ फेब्रअरी २०२४ । आज माघ शुक्लपक्ष तृतिया तिथि, पूर्वभाद्र नक्षत्र, शिव योग, कुम्भ राशिमा चन्द्रमा, शिव योगमा गरेको सम्पूर्ण कार्य शुभ हुनेछ । सूर्योदयः बिहान ०६ः४५, सूर्यास्तः साँझः ०५ः ५२ बजे ।

आजको राशिफल

मेष: रोजगारमा वृद्धि हुनेछ । व्यावसायिक यात्रा लाभदायक रहने छ । भाग्योन्नतिको प्रयास सफल रहने छ ।

वृष: पारिवारिक चिन्ता रहने छ । काममा मन लाग्ने छैन । विवादबाट बच्नु होला ।

मिथुन: लामो यात्रा हुनसक्छ । लाभ हुनेछ । प्रसन्नता रहने छ ।

कर्कट: आर्थिक उन्नतिको प्रयास सफल रहने छ । कुनै ठूलो कार्य सम्पन्न हुनेछ । भाग्यको साथ पाइने छ ।

सिंह: तीर्थ दर्शन हुनसक्छ । सत्संगको लाभ मिल्नेछ । प्रसन्नता कायम रहने छ ।

कन्या: सवारी–साधन, मेशीन तथा आगोको प्रयोगमा सावधानि अपनाउनु होला । अरुको झगडामा हस्तक्षेप नगर्नु होला । अनावश्यक कुरामा ध्यान नदिँदा फाइदा हुनेछ ।

तुला: राजकीय सहयोग प्राप्त हुनेछ । वैवाहिक प्रस्ताव प्राप्त हुनसक्छ । व्यवसायबाट लाभ हुनेछ ।

वृश्चिक: भाग्योन्नतिको प्रयास सफल रहने छ । आम्दानीमा वृद्धि हुनेछ । व्यस्तता रहने छ ।

धनु: मेहनतको फल पूर्ण रुपले पाइने छैन । स्वास्थ्य खराब हुनसक्छ । बौद्धिक कार्य सफल रहने छ ।

मकर: लेन–देनमा सावधानी अपनाउनु होला । अपरिचित व्यक्तिमाथि अन्धविश्वास नगर्नु होला । काममा मन लाग्ने छैन ।

कुम्भ: मेहनत सफल रहने छ । कार्यसिद्धिबाट प्रसन्नता रहने छ । सामाजिक कार्य गर्ने अवसर पाइने छ ।

मीन: पुराना साथी अथवा आफन्तसंग भेटघाट हुनेछ । सुखद समाचार पाइन्े छ । प्रसन्नता रहने छ ।

Published Date: 12 February 2024


ताजा
भोलि भक्तपुरमा अरुण थापाको सम्झनामा विशेष सांगीतिक कार्यक्रम, प्रवेश निःशुल्क
ट्रेलम्यापरले गर्‍यो ‘स्ट्रक्चर्ड डेटा’ सम्बन्धी प्यानल छलफल, सुरक्षित र स्मार्ट पर्यटनमा जोड
दशैँ–तिहार लक्षित सुपथ मूल्य पसल आजदेखि, ४४ जिल्लाका १९३ स्थानमा सञ्चालन
सुन र चाँदीको मूल्य घट्यो, सुन प्रतितोला १,२०० रुपैयाँले सस्तियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु