नेप्से घट्दा कारोबार रकम पनि घट्यो

नेप्से घट्दा कारोबार रकम पनि घट्यो : Icon Khabar

काठमाडौं, माघ ९ । साताको पहिलो कारोबार दिन नेप्से १३.७१ अंक घटेर २१६५.१० विन्दुमा झरेको छ। त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स २.०५ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.९१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६५ अंक घटेको छ।

आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन करिब ५ अर्बको शेयर खरिदबिक्री भएको बजारमा आज २५७ स्टकको ६५ हजार १९४ पटकको कारोबारमा ३ अर्ब ८६ करोड ४० लाख रुपैयाँ बराबरको १ करोड ७ लाख ५९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये आज २ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ। आज बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक १.०८ अंक बढेको छ। त्यसैगरी, म्युचुअल फण्ड उपसमूहको परिसूचक यस दिन ०.६६ अंक बढेको छ। त्यस्तै, आज विकास बैंक, होटल तथा पर्यटन र जलविद्युत उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने लगानी, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

नेप्से घटेपनि आज ५ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आदर्श लघुवित्त वित्तीय संस्था, सानिमा जिआईसी इन्स्योरेन्स, कुमारी बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक र समृद्धि फाइनान्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, पिपुल्स हाइड्रोपावर र मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको हिमालयन हाइड्रोपावर र लिबर्टी इनर्जीको शेयरमूल्य आज ७ प्रतिशतभन्दा बढी घटेको छ।

Published Date: 23 January 2023
ताजा
भक्तपुर नगरपालिका- १ दुधपाटीस्थित लुम्बिनी गेष्ट हाउसमा बसेकी एक युवतीको मृत्यु
सोमबार नेप्से परिसूचक ४१.७० अंकले बढ्यो
सरकारले सार्वजनिक बिदा पुनरावलोकन गर्ने
झ्याप–झ्याप बत्ती जाँदा भक्तपुरवासी आक्रोशित, ‘नो लाइट’ नम्बर पनि नलाग्ने


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय