चाँगुनारायण नगरपालिका भित्र खुल्यो जग्गा कित्ताकाट

चाँगुनारायण नगरपालिका भित्र खुल्यो जग्गा कित्ताकाट : Icon Khabar

भक्तपुर, माघ ९ । चाँगुनारायण नगरपालिकाले आफ्नो नगर क्षेत्रमा जग्गा कित्ताकाट पुन: सूचारु गर्न सम्पूर्ण वडा कार्यालयहरुलाई पत्राचार गरेको छ ।

गत माघ ६ गते शुक्रबार बसेको नगर कार्यपालिकाको बैठकले गरेको निर्णय अनुसार सोमबार एक सूचना जारी गर्दै नगरपालिकाले उक्त पत्राचार गरेको हो। २०७९ जेठ २३ गते देखि स्थगित भएको जग्गा कित्ताकाट नगरपालिकाको भू-उपयोग परिषद्को निर्णयानुसार नगरपालिका भित्रको जग्गा भू-उपयोग क्षेत्र वर्गीकरणको कार्य सम्पन्न गरेपछि सो निर्णय गरेको कुरा नगरपालिकाले जनाएको छ। सो सूचनामा जग्गाको प्रकार अनुसारको सिफारिस दस्तुर सार्वजनिक गरेको छ।

 

Published Date: 23 January 2023






ताजा
गएराति भक्तपुरको ख्वप्रिङ इङ्गलिस एकेडेमीमा आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको क्षति
भक्तपुरमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, छोरा घाइते
कोरला नाका हुँदै भित्रिएका ठूलो संख्याका विद्युतीय सवारीसाधन सरकारी नियन्त्रणमा
नेपाली बजारमा आज सुनको भाउमा सामान्य गिरावट


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न