सरकारद्वारा राइड सेयरिङ एपलाई सेवामूलक उद्योगको मान्यता प्रदान

सरकारद्वारा राइड सेयरिङ एपलाई सेवामूलक उद्योगको मान्यता प्रदान : Icon Khabar

काठमाडौँ, माघ २३ । सरकारले राइड सेयरिङलाई सेवामूलक उद्योगको मान्यता दिएको छ। सरकारले औद्योगिक व्यवसाय ऐन, २०७६ मा संसोधन गर्दै राइड सेयरिङलाई सेवामूलक उद्योगको मान्यता दिएको हो।

गत माघ १८ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राइड सेयरिङ सेवालाई औद्योगिक व्यवसाय ऐन, २०७६ को दफा ६५ ले दिएको अधिकार प्रयोग गरी ऐनको अनुसूची-८ को क्रमसंख्या ६६ थप गर्दै मान्यता दिएको हो।

सेवामूलक उद्योगको दर्जा पाएसँगै अब राइड सेयरिङ एपहरू विभागमा दर्ता गर्नुपर्ने हुन्छ।

ऐनमा आधारित भई यस्ता कम्पनीहरूले दर्ता गरी सञ्चालन गरेपछि कुनै पनि प्रकारको ऐन विपरीत कार्य भएमा कम्पनीलाई कारवाही समेत हुनेछ। कानुनी मान्यता प्रदान गरेसँगै अब राइड सेयरिङ एपहरूलाई नियमन गर्न सहज हुनेछ।

यसबाहेक यी एपहरूले हालसम्म यातायातको ऐनबाट कुनै मान्यता दिएको छैन। यसको लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी तथा यातायात विधेयक २०८० विधेयक तयार पारेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 06 February 2024
Website | + posts