सरकारद्वारा राइड सेयरिङ एपलाई सेवामूलक उद्योगको मान्यता प्रदान

सरकारद्वारा राइड सेयरिङ एपलाई सेवामूलक उद्योगको मान्यता प्रदान : Icon Khabar

काठमाडौँ, माघ २३ । सरकारले राइड सेयरिङलाई सेवामूलक उद्योगको मान्यता दिएको छ। सरकारले औद्योगिक व्यवसाय ऐन, २०७६ मा संसोधन गर्दै राइड सेयरिङलाई सेवामूलक उद्योगको मान्यता दिएको हो।

गत माघ १८ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राइड सेयरिङ सेवालाई औद्योगिक व्यवसाय ऐन, २०७६ को दफा ६५ ले दिएको अधिकार प्रयोग गरी ऐनको अनुसूची-८ को क्रमसंख्या ६६ थप गर्दै मान्यता दिएको हो।

सेवामूलक उद्योगको दर्जा पाएसँगै अब राइड सेयरिङ एपहरू विभागमा दर्ता गर्नुपर्ने हुन्छ।

ऐनमा आधारित भई यस्ता कम्पनीहरूले दर्ता गरी सञ्चालन गरेपछि कुनै पनि प्रकारको ऐन विपरीत कार्य भएमा कम्पनीलाई कारवाही समेत हुनेछ। कानुनी मान्यता प्रदान गरेसँगै अब राइड सेयरिङ एपहरूलाई नियमन गर्न सहज हुनेछ।

यसबाहेक यी एपहरूले हालसम्म यातायातको ऐनबाट कुनै मान्यता दिएको छैन। यसको लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी तथा यातायात विधेयक २०८० विधेयक तयार पारेको छ।

Published Date: 06 February 2024






ताजा
सोमबार नेप्से परिसूचक ८३.३३ अंकले बढ्यो
बिस्का जात्रालाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न भक्तपुरमा स्वीप अपरेसन चलाएर ९० जना बढी पक्राउ
दुई दिनको बिदामा अनावश्यक घुमफिर नगर्न आग्रह
अब सार्वजनिक बिदाको दिनमा पनि हुलाकमार्फत कुरियर सेवा पाइने


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता