त्रिभुवन विश्वविद्यालयको वेबसाइट ‘ह्याक’ भएको विषयमा अध्ययन गर्न छानबिन समिति गठन

त्रिभुवन विश्वविद्यालयको वेबसाइट ‘ह्याक’ भएको विषयमा अध्ययन गर्न छानबिन समिति गठन : Icon Khabar

काठमाडौं, माघ २२ । त्रिभुवन विश्वविद्यालयले परीक्षा नियन्त्रण कार्यालय (पनिका) को वेबसाइट ‘ह्याक’ भएको विषयमा अध्ययन गर्न छानबिन समिति गठन गरेको छ ।

इन्जिनियरिङ अध्ययन संस्थान (आईओएम) का डिन प्रा.डा. शशीधर राम जोशीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको त्रिविका निमित्त रजिष्ट्रार कृष्णप्रसाद बस्यालले जानकारी दिए । गत शुक्रबार सगठित समितिलाई १५ दिनको समय दिएको उनले बताए ।

निमित्त रजिष्ट्रार बस्यालका अनुसार समितिले वेबसाइट ह्याक हुनुको कारण, ह्याक हुन नदिने उपाय र चुनौतीको विषयमा सुझावसहित प्रतिवेदन पेश गर्नेछ ।

त्रिुभवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले १५ माघबाट अनलाइनबाट विद्यार्थीका प्रमाणपत्रहरु दिन भनेको तर सेवा सुरु भएको एक दिनमै वेबसाइट ह्याक भएको थियो । तर, सोमबार साँझसम्म सञ्चालन हुने गरी काम भइरहेको निमित्त रजिष्ट्रार बस्यालले बताए ।

‘आजसम्म जसरी पनि बनाउने उहाँहरुले प्रतिवद्धता गर्नुभएको जानकारी पाएको छु’, उनले भने ।

गत सोमबार (१५ माघ)बाट त्रिवि अनलाइन सेवा प्रवाह शुरु गरेको थियो तर सोही दिन ‘ह्याकर’ले सिस्टम ‘ह्याक’ गरेको थियो । शुक्रबार साँझसम्म वेबसाइटमा ‘मेन्टेनेन्स’ भइरहेको उल्लेख छ ।

‘ह्याकर’ रोहित रोकायाले वेबसाइटमा ‘बग’ भेटिएकोले सचेत गराउनका लागि तथ्यांकलाई असर नगरी ‘ह्याक’ गरेको बताउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 05 February 2024
Website | + posts




ताजा
जेनजी प्रदर्शन : पहिचान हुन सकेन १३ जनाको शव
नेपालको भारत र चीनसँग मात्रै ३ खर्ब बढिको व्यापारघाटा
बुधबार बिहानसम्म हिमाली भू–भागमा हिमपात तथा वर्षाको सम्भावना
देशभर छ हजारभन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने