अहिले अपरान्ह ४ बजे संसदको दुवै सदनको हिउँदे अधिवेशन सुरू हुँदै

अहिले अपरान्ह ४ बजे संसदको दुवै सदनको हिउँदे अधिवेशन सुरू हुँदै : Icon Khabar

काठमाडौं, माघ २२ । आजदेखि संघीय संसदको दुवै सदनको हिउँदे अधिवेशन शुरु हुँदैछ ।

अहिले अपरान्ह ४ बजे संसदको दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बस्दैछ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाको पहिलो बैठक आह्वान गरेका हुन् ।

बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० र राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने छ ।

विधेयक अधिवेशनको रुपमा लिइने हिउँदे अधिवेशनमा आफ्नो भूमिकालाई प्रभावकारी बनाउनका लागि सांसदहरुले आ–आफ्नो तयारी गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 05 February 2024
Website | + posts