अहिले अपरान्ह ४ बजे संसदको दुवै सदनको हिउँदे अधिवेशन सुरू हुँदै

अहिले अपरान्ह ४ बजे संसदको दुवै सदनको हिउँदे अधिवेशन सुरू हुँदै : Icon Khabar

काठमाडौं, माघ २२ । आजदेखि संघीय संसदको दुवै सदनको हिउँदे अधिवेशन शुरु हुँदैछ ।

अहिले अपरान्ह ४ बजे संसदको दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बस्दैछ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाको पहिलो बैठक आह्वान गरेका हुन् ।

बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० र राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने छ ।

विधेयक अधिवेशनको रुपमा लिइने हिउँदे अधिवेशनमा आफ्नो भूमिकालाई प्रभावकारी बनाउनका लागि सांसदहरुले आ–आफ्नो तयारी गरिरहेका छन् ।

Published Date: 05 February 2024


ताजा
देशका पूर्वी र मध्य भागमा मनसुन सक्रिय, तराईमा तातो लहर र पहाडमा वर्षाको सम्भावना
आज मंगलबारको राशिफल
सूर्यविनायकको आर्गस एजुकेशन भक्तपुरमा सिथि नखः विशेष कार्यक्रम सम्पन्न
मोडर्न स्कूल/कलेजमा कक्षा ११ को अभिमुखीकरण कार्यक्रम सम्पन्न


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी