सोमबार नेप्से परिसूचक १४.५७ अंकले बढ्यो

सोमबार नेप्से परिसूचक १४.५७ अंकले बढ्यो : Icon Khabar

काठमाडौँ, माघ २२ । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। सोमबार नेप्से परिसूचक १४.५७ अंक बढेर २०७६.२७ विन्दुमा पुगेको छ। त्यसैगरी,  सेन्सेटिभ इण्डेक्स ५.९५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.४९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८८ अंक बढेको छ।

यस दिन नेप्से बढेपनि कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन ३ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१० स्टकको ५६ हजार ७७५ पटकको कारोबारमा २ अर्ब ४३ करोड ८० लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

सोमबार तीन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन नेपाल टेलिकम, पिपुल्स पावर र समाज लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, यस दिन जोशी हाइड्रोपावरको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने गुराँस लघुवित्तको शेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन स्वाभिमान लघुवित्तको शेयरमूल्य भने सर्वाधिक ६.७८ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन पनि हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १८ करोड ५९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन ङादी ग्रुप पावरको करिब साढे १५ करोडको शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये यस दिन ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ। यस दिन अन्य उपसमूहको परिसूचक सर्वाधिक ४.६८ प्रतिशत बढेको छ। कारोबारमा आएको होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक यस दिन घटेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 05 February 2024
Website | + posts