भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता आजबाट सुरू

भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता आजबाट सुरू : Icon Khabar

भक्तपुर, माघ २१ । भक्तपुरमा आजदेखि नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता २०८० सुरू भएको छ ।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) को प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाको आयोजनामा २०८० माघ २१ गतेदेखि माघ २७ गतेसम्म सञ्चालन हुने भक्तपुर नगरव्यापी विद्यालयस्तरीय टेबुलटेनिस, भलिबल, फुटबल, कबड्डी, खो—खो, एथ्लेटिक्स, बुद्धिचाल, ब्याडमिन्टन, कराँते, उसु, तेक्वान्डो, पोर्टबल, जिम्नास्टिक, कसिमला पाँय र बाघचाल खेल प्रतियोगिताको उद्घाटन आइतबार सहिदस्मृति खेलमैदानमा भएको छ।

कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष बिजुक्छेँले खेलकुद स्वास्थ्यको निम्ति हो भन्दै खेलकुदले जीवनमा सकारात्मक उर्जा प्रदान गर्ने बताए । खेलाडीहरुलाई खेलले अनुशासित बनाउने हुनाले भक्तपुर नगरपालिकाले हरेक वर्ष निरन्तर आयोजना गरिरहेको विद्यालयस्तरीय खेलकुद प्रतियोगिताले विद्यार्थीहरुको व्यक्तित्व विकास, अनुशासन र मित्रताको लागि थप उर्जा दिने बताउदै खेलाडीहरु देश र जनताप्रति समर्पित हुने प्रतिबद्ध हुनुपर्ने विचार व्यक्त गरे।

प्रमुख अतिथि बिजुक्छेंले खेलकुदमा गरेको लगानी कहिल्यै खेर जाँदैन भन्दै निजी दर्ता नभएको जग्गा सरकारको हुन्छ र शहिद स्मृति खेल मैदानमा कभर्ड हल निर्माणको लागि टगारो हाल्ने प्रतिगामी सरकारको कदमलाई जनताले विरोध गर्नुपर्ने विचार व्यक्त गरे।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता खेलकुद महोत्सवको रुपमा सञ्चालन हुने बताउँदै उहाँले यस प्रतियोगितामा भक्तपुरका ७५ वटा विद्यालयका २२०० भन्दा बढी विद्यार्थीको सहभागिता रहेको बताए। ।

उनले भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्यसँगसँगै खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्दै खेलाडीहरुलाई अवसर प्रदान गर्न हरेक वर्ष विद्यालयस्तरीय खेलकुद प्रतियोगिता, नियमित खेल प्रशिक्षण र समय समयमा खेलकुद सामग्री वितरण गर्दै आएको जानकारी दिनुभयो ।
उनले ७ दिनसम्म सञ्चालन हुने विद्यालयस्तरीय खेलकुद प्रतियोगिताको आयोजनाले १० वटै वडामा १५ वटा खेलकुदका गतिविधि हुने र पूरै नगर खेलकुदमय भई यो सातालाई खेलकुद महोत्सवको रुपमा मनाइने जानकारी दिए।

भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले भक्तपुर नगरपालिकाले भक्तपुर नगरपालिकाले खेलकुदलाई महत्व दिंदै नगरभित्र रहेका ७५ वटा विद्यालयहरुलाई समावेश गराउन सफल भएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा ९० वटै विद्यालयहरुलाई सहभागी गराउन प्रयास गर्नुपर्ने बताईन्। उनले खेलकुदले विद्यार्थीहरुको जीवनलाई सकृय बनाई शारिरिक र मानसिक रुपमा तन्दुरुष्ट बनाउने तथा विद्यार्थीहरुको  विकास हुँदा समग्र देश विकासमा खेलकुदले महत्वपूर्ण योगदान पुर्याउने विचार व्यक्त गरे।

उनले साहसिक खेलकुदको माध्यमबाट पर्यटन प्रबद्र्धनमा टेवा पु¥याउन सकिने धारणा व्यक्त गर्नुहुँदै खेलकुद पूर्वाधारको विकासमा जोड दिनुपर्ने समेत विचार व्यक्त गरिन्।

भक्तपुर नपाका उपप्रमुख रजनी जोशीलेले मित्रता, अनुशासन र आत्मरक्षाको लागि खेलकुदको अपरिहार्य रहेको बताउदै विद्यार्थीहरुले शिक्षा सँगसँगै खेलकुद र स्वास्थ्यलाई अगाडि बढाउनुपर्ने विचार राखिन्न। उनले हरेक विद्यार्थी केही न केही खेलमा संलग्न हुनुपर्नेमा जोड दिदै युवाहरुलाई विदेशिनबाट जोगाई देशमै आफ्नो पहिचान सहित सक्षम नागरिक बनाउन सरकारले उचित भूमिका निर्वाह गर्नुपर्ने बताईन्।

भक्तपुर नपा युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले भक्तपुर नगरपालिकाको आयोजनामा २०८० माघ २१ गतेदेखि माघ २७ गतेसम्म सञ्चालन हुने १५ किसिमको खेलकुद प्रतियोगिताले सिंगो भक्तपुर खेलकुदमय हुने बताए।

भक्तपुर जिल्ला भलिबल संघका अध्यक्ष विनोदचरण रायले भक्तपुर नगरपालिकामा जनप्रतिनिधि बहाल भई सकेपछि घोषणापत्र बमोजिम खेलकुद क्षेत्रमा उल्लेखनीय कार्य गर्दे आइरहेको बताउदै नगरपालिकाले खेलकुद प्रशिक्षकको व्यवस्था, उत्कृष्ट खेलाडी सम्मान र विद्यालयस्तरीय तथा अन्तरनगर खेलकुद प्रतियोगितालाई निरन्तरता दिंदै आइरहेकोमा खुशी व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 February 2024
Website | + posts