विश्व अर्थतन्त्र सुधार भएपनि जोखिम कायमै: आइएमएफ

विश्व अर्थतन्त्र सुधार भएपनि जोखिम कायमै: आइएमएफ : Icon Khabar

वासिङ्टन, माघ २१ । आइएमएफले विश्वव्यापी वृद्धिको पूर्वानुमानित लक्ष्य प्राप्ति गरेपनि अझै सम्भावित जोखिमप्रति सचेत हुन आवश्यक रहेको जनाएको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) का प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएवाले आइएमएफले विश्वव्यापी वृद्धिको पूर्वानुमानित लक्ष्य प्राप्ति गरेको तर सम्भावित जोखिम भने अझै रहेको बताइन् । वासिङ्टन डी.सी.मा रहेको आइएमएफको मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा आइएमएफ प्रमुख जर्जिएवाले रुस–युक्रेन र इजरायल–हमासबीच द्वन्द्व जारी रहँदा जटिल भूराजनीतिक अवस्थाले अझै पनि विश्वव्यापी आर्थिक परिदृश्यमा अनिश्चितता ल्याएको बताएकी हुन् ।

यस्तै, आइएमएफले सन् २०२४ मा विश्वव्यापी आर्थिक वृद्धिको अनुमान ३.१ प्रतिशतमा पुर्याएको छ । सन् २०२३ को अक्टोबरमा गरिएको अनुमानभन्दा यो ०.२ प्रतिशत बढी हो । मध्यपूर्वको ढुवानी अवरोधबारे बोल्दै उनले जनवरीमा स्वेज नहरमा जाने कार्गो एक वर्ष अघिको तुलनामा ४३ प्रतिशतले घटेको बताउँदै यसले सम्बन्धित मुलुकको अर्थतन्त्रमा धक्का दिएको बताएकी छन् ।

उनले मौद्रिक नीतिमा निर्धारित समयभन्दा अगाडि तथा पछाडि हुन सक्ने जोखिमका साथै विस्तारित अवधिका लागि उच्च ब्याजदरहरु कायम राख्ने जोखिम उल्लेख गरीन् । आवश्यकभन्दा लामो समयसम्म ब्याज दरहरु राख्ने जोखिम अमेरिकी अर्थतन्त्रका लागि मात्र नभई विश्वव्यापी अर्थतन्त्रका लागि समेत जोखिम रहेको उनले बताइन् ।

जर्जिएवाले पछिल्लो समय उदीयमान अर्थतन्त्रहरुले मुद्रास्फीतिलाई लक्ष्यमा ल्याएको बताउँदै परिणामस्वरुप निर्धारित समय अगाबै कम ब्याज दरमा सर्ने र अमेरिकी दर उच्च रहेमा यसले विनिमय दरहरुलाई असर गरी अन्य देशलाई नकारात्मक प्रभाव छोड्नसक्ने उल्लेख गरीन् ।चिनियाँ अर्थतन्त्रका बारेमा जर्जिएवाले सिन्ह्वालाई चिनियाँ अर्थतन्त्रले सन् २०२३ मा अपेक्षाभन्दा माथि प्रदर्शन गरेको उल्लेख गरीन् ।

उनले घरजग्गा क्षेत्रको तनावलगायत चुनौतिहरुलाई निर्णायक रुपमा सम्बोधन गर्नु र स्थानीय सरकारको ऋण व्यवस्थापन गर्नु चीनको आर्थिक गति कायम राख्नका लागि महत्वपूर्ण रहेको बताइन् । सम्पत्ति क्षेत्रमा चिनियाँ सरकारले केही कदम चालेको जर्जिएवाले बताउँदै हरित अर्थतन्त्रप्रति चीनको प्रतिबद्धता खासगरी विद्युतीय सवारीजस्ता क्षेत्रहरुमा उल्लेखनीय रहेको उनले बताइन् । – सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 February 2024
Website | + posts