काठमाडौंको ठमेलमा एक जना चिनियाँ नागरिक मृत अवस्थामा फेला

काठमाडौंको ठमेलमा एक जना चिनियाँ नागरिक मृत अवस्थामा फेला : Icon Khabar

काठमाडौं, माघ २१ । काठमाडौंको ठमेलमा एक जना चिनियाँ नागरिक मृत अवस्थामा फेला परेका छन् ।

काठमाडौं ठमेल क्वाबहालस्थित नेपालय होम होस्टलमा चिनियाँ नागरिक ४७ वर्षीय बाओ ग्वाङलाई मृत अवस्थामा फेला परेको प्रहरी वृत्त, सोह्रखुट्टेले जनाएको छ ।

प्रहरीका अनुसार, १० माघदेखि उनी नेपालय होम होस्टलमा बस्दै आएका थिए । शनिबार मृत अवस्थामा फेला परेपछि होस्टलका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए ।

सोह्रखुट्टे प्रहरीका एक अधिकृतका अनुसार, हालसम्मको अनुसन्धानमा कुनै शंकास्पद कारण देखिएको छैन । उनले पछिल्लो समय केही औषधि सेवन गरिरहेको भेटिएको छ ।

प्रहरीले शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाएको छ । पोष्टमार्टम प्रतिवेदनबाट उनको मृत्युको कारण खुल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 February 2024
Website | + posts




ताजा
दुई खेल अगावै नेपाल टी-२० विश्वकपमा छनोट
जेनजीहरूको असली प्रतिनिधि पार्टी माओवादी केन्द्र हो : प्रचण्ड
पचास रुपैयाँको ४२ करोड थान नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई
बुधबार नेप्से परिसूचक २२.५८ अंकले घट्यो


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित