पशुपतिनाथ क्षेत्रमा रहेको सरकारी जग्गा हडपेर निर्माण गरिएका भौतिक संरचना हटाइने

पशुपतिनाथ क्षेत्रमा रहेको सरकारी जग्गा हडपेर निर्माण गरिएका भौतिक संरचना हटाइने : Icon Khabar

काठमाडौँ, माघ २१ । पशुपति क्षेत्र विकास कोषले आराध्यदेव पशुपतिनाथ क्षेत्रमा रहेको सरकारी जग्गा हडपेर निर्माण गरिएका भौतिक संरचना हटाउने भएको छ ।

कोषको यही माघ १६ गते बसेको बोर्ड बैठकले पशुपति क्षेत्रको जग्गा हडपेर बनाइएका भौतिक संरचना हटाउने निर्णय गरेसँगै अहिले विकास कोषसहित काठमाडौँ महानगरको प्राविधिक टोली जग्गाको सिमाङ्कनसहित खोजी कार्यमा जुटेको हो ।

कोषका प्रवक्ता रेवतीरवण अधिकारीले भने “शुक्रबारदेखि महानगरको प्राविधिक टोलीको सहयोगमा हामीले जग्गा हडपेर बनाएका व्यक्तिगत घर तथा संरचनाको सीमाङ्कनसहित खोजी कार्य सुरु गरेका छौँ । एकरदुई दिनमा सीमाङ्कन र जग्गा खोजी काम सकेर त्यस्ता संरचनालाई भत्काइने छ ।”

कामपा–८ गाँचा पोखरीमा तीन रोपनी छ आना एक पैसा, वडा नं ३ भगवानस्थानमा तीन रोपनी आठ आना जग्गा र सिफलस्थित लामा पोखरीमा अधिग्रहण गरी व्यक्तिले भोगचलन गर्दै आएको प्रवक्ता अधिकारीले राससलाई जानकारी दिए।

कोषका अध्यक्ष तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पशुपतिक्षेत्र विकास कोषको जग्गामा बनेका अवैध संरचना खाली गराउन विकास कोषसहित महानगरलाई निर्देशन दिएका छन्। – रासस

Published Date: 04 February 2024
ताजा
डाक्टरमाथि कुटपिट र दुर्व्यवहारको विरोधमा चिकित्सक संघद्वारा आज देशभर आकस्मिक बाहेकका सेवा ठप्प
विदेशी मुद्राको विनिमयदर: अमेरिकी डलर १५३ रुपैयाँ पार, अरू कति?
मनसुनी वायुको प्रभाव कायमै: आज धेरैजसो भूभागमा वर्षा र केही स्थानमा भारी वर्षाको सम्भावना
आज मंगलबारको राशिफल


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न