जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ : Icon Khabar

काठमाडौं, माघ १९ । काठमाडौं महानगरपालिका–२६ रानिबारी बस्ने कृष्ण सिलवालको घरमा जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार, तारकेश्वर नगरपालिका बस्ने नुवाकोट भर भएका ६० वर्षीय मधुप्रसाद सिटौलासमेत १७ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९५ हजार ७ सय १० रूपियाँ र ८ बुक ताससहित पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 February 2024
Website | + posts