दरबारमार्गको क्यासिनो प्यालेसबाट नौं जना पक्राउ, एक करोड बरामद

दरबारमार्गको क्यासिनो प्यालेसबाट नौं जना पक्राउ, एक करोड बरामद : Icon Khabar

काठमाडौं, माघ १९ । काठमाडौंको दरबारमार्गस्थित क्यासिनो प्यालेसबाट प्रहरीले एक करोड रुपैंयाँसहित नौं जनालाई पक्राउ गरेको छ । क्यासिनो प्यालेसको अण्डर ग्राउन्डमा अनलाइन सट्टेबाटी गर्दै गरेका उनीहरूलाई गए राति पक्राउ गरिएको हो । पक्राउ पर्नेहरूमा ६ नेपाली र तीन भारतीय नागरिक छन् ।

पक्राउ परेकाहरूको साथबाट प्रहरीले करिब एक करोड रुपैयाँ नगद बरामद गरेको छ । काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी भुपेन्द्र खत्रीले पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको बताए । ‘अनलाइन सट्टेबाजी खेल्दै गरेको अवस्थामा पक्राउ परेका हुन्, हामी थप अनुसन्धान गर्दैछौँ’, एसएसपी खत्रीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 February 2024
Website | + posts




ताजा
जिल्ला प्रशासन कार्यालय काठमाडौंद्वारा सवारी आवागमन एकतर्फी रुपले खुला गर्ने निर्णय
सगरमाथा क्षेत्रमा नाम्चे र जोरसल्ले बीचको पदमार्ग पहिरोका कारण क्षतिग्रस्त
दुई दिनसम्म परेको अविरल वर्षाका कारण अहिलेसम्म ३९ जनाको मृत्यु
भक्तपुरमा साइकल संस्कृति प्रवर्द्धन गर्न साइकल कनेक्ट र जेन्युन स्कुलबीच सम्झौता


ट्रेन्डिङ
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
जेन-जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा अहिलेसम्म १९ जनाको मृत्यु
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने