दरबारमार्गको क्यासिनो प्यालेसबाट नौं जना पक्राउ, एक करोड बरामद

दरबारमार्गको क्यासिनो प्यालेसबाट नौं जना पक्राउ, एक करोड बरामद : Icon Khabar

काठमाडौं, माघ १९ । काठमाडौंको दरबारमार्गस्थित क्यासिनो प्यालेसबाट प्रहरीले एक करोड रुपैंयाँसहित नौं जनालाई पक्राउ गरेको छ । क्यासिनो प्यालेसको अण्डर ग्राउन्डमा अनलाइन सट्टेबाटी गर्दै गरेका उनीहरूलाई गए राति पक्राउ गरिएको हो । पक्राउ पर्नेहरूमा ६ नेपाली र तीन भारतीय नागरिक छन् ।

पक्राउ परेकाहरूको साथबाट प्रहरीले करिब एक करोड रुपैयाँ नगद बरामद गरेको छ । काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी भुपेन्द्र खत्रीले पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको बताए । ‘अनलाइन सट्टेबाजी खेल्दै गरेको अवस्थामा पक्राउ परेका हुन्, हामी थप अनुसन्धान गर्दैछौँ’, एसएसपी खत्रीले भने ।

Published Date: 02 February 2024


ताजा
देशका पूर्वी र मध्य भागमा मनसुन सक्रिय, तराईमा तातो लहर र पहाडमा वर्षाको सम्भावना
आज मंगलबारको राशिफल
सूर्यविनायकको आर्गस एजुकेशन भक्तपुरमा सिथि नखः विशेष कार्यक्रम सम्पन्न
मोडर्न स्कूल/कलेजमा कक्षा ११ को अभिमुखीकरण कार्यक्रम सम्पन्न


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी