सभामुख घिमिरेद्वारा संसद बैठकअघि प्रमुख सचेतकहरुसँग छलफल गर्दै

सभामुख घिमिरेद्वारा संसद बैठकअघि प्रमुख सचेतकहरुसँग छलफल गर्दै : Icon Khabar

काठमाडौँ, माघ १९ । सभामुख देवराज घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका सचेतक र प्रमुख सचेतकहरुसँग छलफल गर्दैछन् ।

सभामुखको सचिवालयका अनुसार संसद बैठकअघि सचेतकहरुसँग छलफल गर्न लागेका हुन् । संघीय संसदको हिउँदे अधिवेशन यही माघ २२ गतेबाट सुरु हुँदैछ ।

सभामुखले संसदको अधिवेशन तयारी सम्बन्धमा छलफल गर्न शुक्रबार दिउँसो ४ बजे सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा प्रमुख सचेतक र सतेकहरुलाई बोलाएका हुन् । सभामुखले यसपटकदेखि संसदीय क्यालेन्डर लागू गर्ने तयारी गरेका छन् ।

सचेतक र प्रमुख सचेतकहरुसँग सिंहदरवारमा भेट्नु अगाडि सभामुखले शुक्रबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री प्रकाशशरण महतसँग पनि भेट्दैछन् । उक्त भेटमा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सना र प्रमुख दलका प्रमुख सचेतक र सचेतक समेत रहनेछन् ।

संसद सचिवालयका अनुसार प्रधानमन्त्री र अर्थमन्त्रीसँग संसदको बजेट लगायतका विषयमा छलफल गर्न लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 February 2024
Website | + posts