सभामुख घिमिरेद्वारा संसद बैठकअघि प्रमुख सचेतकहरुसँग छलफल गर्दै

सभामुख घिमिरेद्वारा संसद बैठकअघि प्रमुख सचेतकहरुसँग छलफल गर्दै : Icon Khabar

काठमाडौँ, माघ १९ । सभामुख देवराज घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका सचेतक र प्रमुख सचेतकहरुसँग छलफल गर्दैछन् ।

सभामुखको सचिवालयका अनुसार संसद बैठकअघि सचेतकहरुसँग छलफल गर्न लागेका हुन् । संघीय संसदको हिउँदे अधिवेशन यही माघ २२ गतेबाट सुरु हुँदैछ ।

सभामुखले संसदको अधिवेशन तयारी सम्बन्धमा छलफल गर्न शुक्रबार दिउँसो ४ बजे सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा प्रमुख सचेतक र सतेकहरुलाई बोलाएका हुन् । सभामुखले यसपटकदेखि संसदीय क्यालेन्डर लागू गर्ने तयारी गरेका छन् ।

सचेतक र प्रमुख सचेतकहरुसँग सिंहदरवारमा भेट्नु अगाडि सभामुखले शुक्रबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री प्रकाशशरण महतसँग पनि भेट्दैछन् । उक्त भेटमा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सना र प्रमुख दलका प्रमुख सचेतक र सचेतक समेत रहनेछन् ।

संसद सचिवालयका अनुसार प्रधानमन्त्री र अर्थमन्त्रीसँग संसदको बजेट लगायतका विषयमा छलफल गर्न लागिएको हो ।

Published Date: 02 February 2024






ताजा
मिनर्वा इंग्लिश स्कूल : गुणस्तरीय शिक्षासँगै समग्र विकासको उत्कृष्ट गन्तव्य
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २३ गते सोमबार
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
सोमबार नेप्से परिसूचक ८३.३३ अंकले बढ्यो


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता