पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १४ वर्षको जेल सजाय

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १४ वर्षको जेल सजाय : Icon Khabar

काठमाडौँ, माघ १७ । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र पत्नी बुसरा बिबीलाई पाकिस्तानी अदालतले १४ वर्षको जेल सजाय सुनाएको छ । मंगलबार मात्र पाकिस्तानी पूर्वप्रधानमन्त्री खानलाई पाकिस्तानी अदालतले गोप्य दस्तावेज सार्वजनिक गरेको आरोपमा १० वर्षको जेल सजाय सुनाएको थियो ।

बुधबार फेरि अदालतले भ्रष्टाचार आरोपमा खान दम्पतीलाई १४/१४ वर्ष जेल सजाय सुनाएको हो । अदालतको फैसलापछि खानपत्नी बुसराले आत्मसमर्पण गरेकी छिन् ।

सरकारमा हुँदा उपहार बिक्री गर्दा पाएको रकमबारे जानकारी नगराएको ‘तोषाखाना मामिला’मा उनलाई अदालतले कैद सजाय सुनाएको हो । मंगलबार खानसहित पूर्वविदेशमन्त्री शाह महमूद कुरैशीलाई कूटनीतिक पत्राचार चुहावट गरेको आरोपमा १०/१० वर्ष जेल सजाय सुनाइएको थियो ।

पीटीआईले यस फैसलाविरुद्ध उच्च न्यायालयमा चुनौती दिने र उक्त सजाय उल्टिने अपेक्षा गरेको जनाएको छ । पाकिस्तानमा आम चुनावको केही दिनअघि इमरानमाथि सजाय सुनाइएको हो । पाकिस्तानमा फेब्रुअरी ८ मा आम चुनाव हुँदैछ ।

विश्वासको मत पाउन नसकेपछि सन् २०२२ मा उनी प्रधानमन्त्रीबाट हट्नुपरेको थियो । भ्रष्टाचारको आरोपमा दोषी ठहर भएर उनी अहिले तीन वर्षको जेल सजाय भोगिरहेका छन्। उनले आफूमाथि लगाइएका सबै आरोपहरू राजनीतिक उद्धेश्यबाट प्रेरित भएको बताउँदै आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 31 January 2024
Website | + posts
ताजा
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
Argus Education Bhaktapur को ३ दिने एक्सपोमा सहभागी हुँदा IELTS र PTE कक्षाहरु निशुल्क
रोपाइँ सकिएसँगै भक्तपुरमा हरियालीको मनमोहक दृश्य


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता