पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १४ वर्षको जेल सजाय

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १४ वर्षको जेल सजाय : Icon Khabar

काठमाडौँ, माघ १७ । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र पत्नी बुसरा बिबीलाई पाकिस्तानी अदालतले १४ वर्षको जेल सजाय सुनाएको छ । मंगलबार मात्र पाकिस्तानी पूर्वप्रधानमन्त्री खानलाई पाकिस्तानी अदालतले गोप्य दस्तावेज सार्वजनिक गरेको आरोपमा १० वर्षको जेल सजाय सुनाएको थियो ।

बुधबार फेरि अदालतले भ्रष्टाचार आरोपमा खान दम्पतीलाई १४/१४ वर्ष जेल सजाय सुनाएको हो । अदालतको फैसलापछि खानपत्नी बुसराले आत्मसमर्पण गरेकी छिन् ।

सरकारमा हुँदा उपहार बिक्री गर्दा पाएको रकमबारे जानकारी नगराएको ‘तोषाखाना मामिला’मा उनलाई अदालतले कैद सजाय सुनाएको हो । मंगलबार खानसहित पूर्वविदेशमन्त्री शाह महमूद कुरैशीलाई कूटनीतिक पत्राचार चुहावट गरेको आरोपमा १०/१० वर्ष जेल सजाय सुनाइएको थियो ।

पीटीआईले यस फैसलाविरुद्ध उच्च न्यायालयमा चुनौती दिने र उक्त सजाय उल्टिने अपेक्षा गरेको जनाएको छ । पाकिस्तानमा आम चुनावको केही दिनअघि इमरानमाथि सजाय सुनाइएको हो । पाकिस्तानमा फेब्रुअरी ८ मा आम चुनाव हुँदैछ ।

विश्वासको मत पाउन नसकेपछि सन् २०२२ मा उनी प्रधानमन्त्रीबाट हट्नुपरेको थियो । भ्रष्टाचारको आरोपमा दोषी ठहर भएर उनी अहिले तीन वर्षको जेल सजाय भोगिरहेका छन्। उनले आफूमाथि लगाइएका सबै आरोपहरू राजनीतिक उद्धेश्यबाट प्रेरित भएको बताउँदै आएका छन्।

Published Date: 31 January 2024


ताजा
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल
ग्यासमा कृत्रिम अभाव र कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी परिचालन
आज आइतबारको राशिफल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु