बुधबार सुनको भाउ प्रतितोला १०० रुपैयाँले बढ्यो

बुधबार सुनको भाउ प्रतितोला १०० रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौं, माघ १७ । सुनको भाउ लगातार ३ दिन बढेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १०० रुपैयाँले बढेर १ लाख १८ हजार ७०० रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १८ हजार १५० रुपैयाँ निर्धारण भएको छ । सोमबार र मंगलबार पनि सुनको भाउ क्रमशः प्रतितोला ३००-३०० रुपैयाँले बढेको थियो ।

यसअघि मंगलबार सुनको मूल्य १ लाख १८ हजार ६०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १८ हजार ५० रुपैयाँ निर्धारण भएको थियो । यता, बुधबार चाँदीको भाउ भने स्थिर रहेको छ ।

आज चाँदीको भाउ तोलाको १४ सय २० रुपैयाँ कायम रहेको छ । मंगलबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 31 January 2024
Website | + posts
ताजा
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
Argus Education Bhaktapur को ३ दिने एक्सपोमा सहभागी हुँदा IELTS र PTE कक्षाहरु निशुल्क
रोपाइँ सकिएसँगै भक्तपुरमा हरियालीको मनमोहक दृश्य


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता