नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बागमती प्रदेशको अध्यक्षमा त्वायना चयन

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बागमती प्रदेशको अध्यक्षमा त्वायना चयन : Icon Khabar

धादिङ, माघ १६ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बागमती प्रदेशको अध्यक्षमा विश्वराम त्वायना चयन भएका छन्।

शुक्रबार र शनिबार सदरमुकाम धादिङबेशीमा सम्पन्न पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बागमती प्रदेशको पाचौँ बार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले त्वायनालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

अधिवेशनले प्रथम उपाध्यक्षमा खगेन्द्र पौडेल, द्वितिय उपाध्यक्षमा आर. के. पण्डित, सचिवमा कृष्ण प्रसाद न्यौपाने, कोषाध्यक्षमा पारस महर्जन, सह सचिवमा तारादेवी थापालाई चयन गरेको छ ।

त्यस्तै सदस्यहरुमा दान बहादुर श्रेष्ठ, काजिमान बजु , केशव देवकोटा, विज्ञान रिमाल, मिन कुमार श्रेष्ठ, वाशुदेव गजुरेल सर्वसम्मत चयन भएका छन् ।

यसैगरी अधिवेशनले अजित थापाको संयोजकत्वमा लेखा समिति पनि चयन गरेको छ । जसको सदस्यहरुमा दुर्गा प्रसाद गौतम, होमनाथ खनाललाई चयन गरेको छ ।

शुक्रबार नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बागमती प्रदेश समितिका अध्यक्ष नारायण कुमार श्रेष्ठको अध्यक्षता तथा संघिय सांसद रामनाथ अधिकारीको प्रमुख आतिथ्यतामा अधिवेशनको उद्घाटन गरिएको थियो ।

साधारण सभालाई सम्बोधन गर्दै सांसद अधिकारीले देशभरी छरिएर रहेका व्यवसायी एक भएर लागेसँगै विद्यार्थीहरुको हातमा सहज तरिकाले पुस्तक पुगेको भन्दै उनले मर्यादित भएर पुस्तक व्यवसायलाई अगाडि बढाउन आग्रह गर्नुभयो। पुस्तक व्यवसायीको विचार र समस्यालाई आफुले राज्यसमक्ष लगेर समाधान गर्न सहयोग गर्ने पनि बताए।

कार्यक्रममा बोल्दै नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका महासचिव शिवसागर शर्माले पुस्तकको मूल्य १२ वर्ष देखि समायोजन नहुँदा व्यवसायीहरु मर्कामा परेको बताए।

पुस्तक तथा स्टेशनरी व्यवसायीहरुको छाता संस्थाको रुपमा रहेको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघले र्शैक्षिक सत्रको सुरुमै पाठ्यपुस्तक विद्यालयमा पुर्याउने काम गरेर सरकारको कामलाई सहयोग गरिरहेको बताए।

व्यवसायी अगुवाहरुले पुस्तकको मूल्य समायोजन गर्नका लागि सरकारसँग माग गरिएको छ । १२ वर्ष अघि ७५ रुपैयाँ प्रतिकेजी परेकोमा अहिले २ सय ५० पर्दा पनि मूल्य समायोजन नभएको व्यवसायीको गुनासो छ ।

साधारणसभाको अवसरमा धादिङमा २०४३ सालमा स्टेसनरी तथा पुस्तक पसल सुरुवात गर्ने गोविन्द श्रेष्ठ, प्रदेशमा रहेर काम गरेका सचिव हरि पौडेललाई सम्मान गरिएको थियो ।

सोहि अवसरमा प्रदेश भरमा उत्कृष्ट काम गर्ने धादिङ शाखालाई समेत सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 30 January 2024
Website | + posts