सुनचाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ काराेबार?

सुनचाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ काराेबार? : Icon Khabar

काठमाडौं, माघ १६ । सुनचाँदीको मूल्यमा निरन्तर दोस्रो दिन वृद्धि भएको छ । माघ १६ गते, मंगलबार पनि सुन प्रतितोला ३०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य १५ रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख १८ हजार ६०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ५० रुपैयाँमा खरिद बिक्री भैरहेको छ ।

सोमबार छापावला सुन प्रतितोला एक लाख १८ हजार ३ सय रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख १७ हजार ७५० रुपैयाँ कायम भएको थियो ।

यसैगरी, चाँदीको मूल्य समेत तोलामा १५ रुपैयाँले बढेको छ । आज चाँदी एक हजार ४२० रुपैयाँमा कारोबार भैरहेको छ । सोमबार एक हजार ४०५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।

Published Date: 30 January 2024


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग