बलिउडको फिल्म ‘फाइटर’ भोलि बिहीबारदेखि प्रदर्शन हुँदै

बलिउडको फिल्म ‘फाइटर’ भोलि बिहीबारदेखि प्रदर्शन हुँदै : Icon Khabar

मुम्बई, माघ ९ । बलिउडको पछिल्लो फिल्म ‘फाइटर’ यही माघ ११ गते बिहीवारदेखि प्रदर्शनमा आउँदैछ । ऋतिक रोशन, दीपिका पादुकोण, अनिल कपूर र करण सिंह ग्रोवर अभिनित यो एक्सन प्रधान फिल्म जनवरी २५ का दिनदेखि प्रदर्शनमा आउन लागेको हो ।

यो वर्ष प्रदर्शन भएका ‘मेरी क्रिसमस’ तथा ‘मैँ अटल हूँ’ ले बक्स अफिसमा निराशाजनक प्रदर्शनपछि ‘फाइटर’ सन् २०२४ को आशा गरिएको फिल्म बनेको छ ।

त्यसो त फिल्मको एडभान्स बुकिङको तथ्यांक हेर्दा उत्साहजनक रहेको छ । तर फिल्मले पहिलो दिन बम्पर शुरुवात गर्नका लागि बाँकी दुई दिनमा अझ बढी अग्रिम बुकिङ हुनुपर्ने बलिउडका फिल्म विश्लेषकहरुको भनाइ छ ।

२० जनवरीदेखि प्रारम्भ भएको अग्रिम टिकट बुकिङ अन्तर्गत आइतबार राति सम्म ८७ हजार भन्दा बढी टिकट बुक भइसकेको बताइन्छ । त्यस्तै सोमवार रातिसम्म टिकट बुकिङमा तिव्रता आएर एक लाख १५ हजार भन्दा बटी बुकिङ भइसकेको दावी गरिएको छ ।

‘फाइटर’ ले एडभान्स बुकिङबाटै ३ करोड ७० लाख भारतीय रुपैयाँ आम्दानी गरिसकेको छ । फिल्मको शो संख्या पनि बढाएर अहिले ८ हजार ७ सय ७७ पुर्याइएको छ ।

अहिलेको एडभान्स बुकिङको ट्रेण्ड हेर्दा फाइटरलाई आन्ध्र र निजाम सर्किटमा उत्साहजनक रेस्पोन्स प्राप्त भएको छ भने मास हिन्दी सर्किटमा भने फाइटर अन्य फिल्मको तुलनामा केहि कम छ । यद्यपि, प्रदर्शनमा आएपछि यो ट्रेण्डमा परिवर्तन हुने अपेक्षा गरिएको छ ।

दर्शकलाई यो फिल्म मन पर्यो भने बक्स अफिसमा लामो समयसम्म टिकिरहन सक्छ ।

सन् २०२३ मा सिद्धार्थ आनन्ददको निर्देशनमा बनेको फिल्म ‘पठान’ ले ओपनिङ डेमा ५७ करोड भारुको बम्पर कलेक्शन गर्न सफल रहेको थियो । भारतको गणतन्त्र दिवसको अवसर पारेर प्रदर्शन भएको फिल्मले सबैभन्दा राम्रो ओपनिङ गर्न सफल फिल्महरुमा ‘पठान’ पछि ‘पद्मावत’ हो, जसले २४ करोड भारु आम्दानी गरेको थियो ।

‘फाइटर’ को एडभान्स बुकिङ हेर्दा फिल्मले पहिलो दिन २५ देखि ३० करोड भारुको कारोबार गर्न सक्ने अनुमान लगाउन सकिन्छ । यो फिल्म २ सय ५० करोड भारुको बजेटमा बनेको हो । त्यसैले फिल्म हिट हुनका लागि कम्तिमा पनि पाँच करोड भारु कमाउनु आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 23 January 2024
Website | + posts










ताजा
बासु माध्यमिक विद्यालयमा कक्षा १० को विदाइ तथा कक्षा ११ को स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न
काठमाडौंको सार्वजनिक स्थलहरूमा धुम्रपान गरे रू पाँच सय जरिवाना तिर्नुपर्ने
सबै सरकारी अस्पतालले हरेक शुक्रबार बिहान एक घण्टा लामखुट्टेको लार्भा नष्ट गर्नुपर्ने
नयाँ नोट छाप्नका लागि राष्ट्र बैंकद्वारा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान








ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट