आज बुधबारको राशिफल

आज बुधबारको राशिफल : Icon Khabar

काठमाडौँ, माघ १० । आज २०८० माघ १० गते बुधबार, तद्अनुसार २४ जनवरी २०२४ । आज पौष शुक्लपक्ष चतुर्दशी, पुनर्वशु- नक्षत्र, वैधृति- योग, गर- करण, चन्द्रराशि- मिथुन, सूर्योदय बिहान- ६ः५६, सूर्यास्त साँझ- १७ः३६ ।

आजको राशिफल

मेष: टाढाबाट शुभ समाचार प्राप्त हुनेछ । घरमा पाहुनाको आगमन हुनेछ । आत्मविश्वासमा वृद्धि हुनेछ ।

वृष: कुनै उत्सवमा भाग लिने अवसर प्राप्त हुनेछ । विद्यार्थी वर्गले सफलता हासिल गर्नेछन् । लगानी शुभ रहने छ ।

मिथुन: व्ययवृद्धिबाट तनाव हुनेछ । बजेट बिग्रने सम्भावना छ । महत्वपूर्ण निर्णय लिन हतार नगर्नु होला ।

कर्कट: कष्ट, भय, चिन्ता तथा तनावको वातावरण बन्न सक्छ । जीवनसाथीप्रति आभारी हुनु हुनेछ । लाभमा वृद्धि हुनेछ ।

सिंह: प्रगतिको अवसर प्राप्त हुनेछ । आम्दानीमा वृद्धि हुनेछ । रोजगार प्राप्तिको योग छ । अज्ञात भयले सताउने छ ।

कन्या: यात्रा सफल रहने छ । शारीरिक कष्ट हुनसक्छ । नयाँ योजना बन्ने छ ।

तुला: अप्रत्याशित खर्च बढ्ने छ । पुराना रोग बाधाको कारण बन्न सक्छन् । व्ययसाय लाभप्रद रहने छ ।

वृश्चिक: लामो समयदेखि रोकिएको पैसा पाइने योग छ, प्रयास गर्नु होला । या‍त्रा लाभदायक रहने छ । आम्दानीको नयाँ स्रोत प्राप्त हुनसक्छ ।

धनु: रोजगार प्राप्तिको प्रयास सफल रहने छ । अचानक लाभको योग छ । व्यावसायिक यात्रा सफल रहने छ ।

मकर: परिवारको आवश्यकताका लागि व्यस्त हुनुहुनेछ । अरुको झगडामा नपर्नु होला । लगानी गर्ने उचित समय होइन ।

कुम्भ: शारीरिक कष्टको सम्भावना छ । परिवारमा मनमुटाव हुनसक्छ । लगानी गर्नबाट बच्नु होला ।

मीन: थोरै प्रयासमा नै काम सफल हुनेछ । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ । लाभको अवसर प्राप्त हुनेछ ।

Published Date: 24 January 2024


ताजा
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु