एमाले र माओवादी कम्युनिष्ट विचारधाराबाट बिमुख भएका नक्कली कम्युनिष्टहरु हुन्: मेयर प्रजापति

एमाले र माओवादी कम्युनिष्ट विचारधाराबाट बिमुख भएका नक्कली कम्युनिष्टहरु हुन्: मेयर प्रजापति : Icon Khabar

भक्तपुर, माघ ९ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ विचारधारालाई मार्गनिर्देशक सिद्धान्तको रुपमा अवलम्बन गर्दै आएको नेपाल मजदुर किसान पार्टी स्थापनाकालदेखि सामन्तवाद, पुँजीवाद, उपनिवेशवाद र साम्राज्यवादविरुद्ध अविचलित रुपमा संघर्षरत रहेको बताए।

नेपाल मजदुर किसान पार्टीको ५० औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले प्रतिक्रियावादी संघ संस्थाभित्र गएर जनताको सेवा गर्ने नीतिअनुसार नेमकिपा (तत्कालीन संगठन)ले पंचायती चुनावलाई पनि उपयोग गर्दै आएको बताए । उनले चुनावमा भाग लिएर जनताको सेवा गर्नु पनि एक राजनैतिक आन्दोलन भएको विचार व्यक्त गरे।

सशस्त्र क्रान्तिबाट मात्र समाजवादी क्रान्ति सम्भव हुन्छ । तर शान्तिपूर्ण अवस्थामा जनताको राजनैतिक चेतनास्तर उठाउन र संगठित गर्न निर्वाचनमा भाग लिएर जनताको सेवा गर्नु समाजवाद स्थापनाको लागि आवश्यक छ — उनले भने ।

प्रमुख प्रजापतिले एमाले र माओवादी कम्युनिष्ट विचारधाराबाट बिमुख भएका नक्कली कम्युनिष्टहरु हुन् भन्दै कम्युनिष्ट पार्टीको नाउँमा पुँजीवादी सरकारमा सहभागी भई पुँजीवादको जगलाई बलियो बनाउने शासकहरुको विरुद्ध नेमकिपाले सैद्धान्तिक संघर्ष जारी राखेको बताए।

नेमकिपाले स्थापनाकालदेखि देश र जनताको हितमा काम गर्दै आइरहेको बताउँदै उनले युवा जनशक्तिहरु विदेश पलायन हुँदा देश आर्थिक र राजनैतिक रुपले पछाडि पर्दै गएको बताए ।

भक्तपुर नपाले समाजवादउन्मुख कार्य गर्दै आइरहेको बताउँदै उनले नेमकिपाले ‘अध्यारो रातमा चम्किलो तारा’ को रुपमा काम गरिरहेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 23 January 2024
Website | + posts