नेपाल सितोरियो कराते संघले संचालनमा ल्यायो स्पोर्ट डाटा बेस र वेभ साईट

नेपाल सितोरियो कराते संघले संचालनमा ल्यायो स्पोर्ट डाटा बेस र वेभ साईट : Icon Khabar

काठमाडौँ, माघ ९ । नेपाल सितोरियो कराते संघले आफ्नो हेरक गतिबिधि चुस्त, दुरुस्त, पारदर्सिता सहित प्रत्येक सितोरियो करातेकर्मी बिच संघको सबै अफिशियल कार्यक्रम प्रत्यक्ष जानकारी गराउने उदेश्यले स्पोर्ट डाटा बेस र वेभ साईट सोमबारदेखि सन्चालनमा ल्याएको छ ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले उक्त स्पोर्ट डाटा बेस र वेभ साईटको औपचारिक एक कार्यक्रम विच उदघाटन गरेका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव घिसिङगले स्पोर्ट डाटा सन्चालन पछि सितोरियो करातेकर्मीले आफ्नो सबै डाटाहरु सहजै हेर्न सकिने भएको हुँदा उक्त कार्यको प्रशंसा गरे । सदस्य–सचिव घिसिङले अन्य संघले पनि यस्तो कार्यको थालनी गर्नुपर्नेमा जोड दिए ।

नेपाल सितोरियो कराते संघका अध्यक्ष दावा गुरुङले आगामी दिनमा स्पोर्ट डाटा सन्चालनले सितोरियो कराते मातहतमा रहेका देश भरिका डोजो÷क्लब÷विद्यालयका खेलाडी, प्रशिक्षकसहित सम्पुर्ण सितोरियो करातेकर्मीको डाटा संकलन गरिने बताउदै डाटा बेसले सबै खेलाडीहरुले आफ्नो प्रमाण पत्र र आफुले प्राप्त गरेका उपलब्धिहरु सक्कली हो वा होईन भनेर सजिलै हेर्न तथा जानकारी लिन सकिने बताए ।

नेपाल कराते महासंघका अध्यक्ष युवराज लामाले संसारको सूचना प्रविधिले फड्को मारिरहेको सन्दर्भमा यस डाटा बेस सन्चालनले सितोरियो करातेलाई ब्यवस्थित र सुदृढ गराउनमा बिशेष भुमिका निर्वाह गर्ने धारणा व्यक्त गरे । डाटा बेस उद्घाटन समारोहमा सिनियर कराते खेलाडी निर्मलकुमार शर्मालाई मानार्थ ५ औं डान प्रदान गरिएको थियो । पूर्व कराते खेलाडी शर्माले निशुल्क संघको वेभसाइट र स्पोर्ट डाटा बेस बनाइ दिएका हुन् । उनी प्राज्मा इन्फो टेकका निर्देशक हुन् ।

डाटा वेसको प्रभावकारिता वारे कराते प्रशिक्षक कुशल श्रेष्ठ र निर्मलकुमार शर्माले जानकारी गराएका थिए । नेपाल सितोरियो कराते संघको गत भदौमा निर्वाचन सम्पन्न पश्चात देशैभरि दिक्षान्त कार्यक्रम सञ्चालन भई ६ वटा प्रदेशमा सम्पन्न भईसकेको र यो डाटा बेससहित वेभसाईट सन्चालन बिशेष उपलब्धिको रुपमा लिएको नेपाल सितोरियो कराते संघका प्रवक्ता गजेन्द्रबहादुर खपाङगी ‘ईश्वर’ ले जानकारी गराए ।

कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष मजिन्द्र सिंह, उपाध्यक्षहरु मकेन्द्रबहादुर सिंह, कृष्ण गौतम, प्रेमलाल वम्जन, कार्यलय प्रमुख राजेन्द्रकुमार क्षेत्री, सितोरियो कराते संघका पदाधिकारीहरु, प्रशिक्षक खेलाडी तथा करातेकर्मीहरुको उपस्थिति रहेको थियो ।

Published Date: 23 January 2024


ताजा
दैनिक भक्तपुर अपडेट: २०८३ साल वैशाख २३ गते बुधबार
जीवनोपयोगी शिक्षाको उज्यालो बाटो: अक्सफोर्ड प्राक्टिकल इंग्लिश स्कुलको प्रेरणादायी यात्रा
आईपीएल: सञ्जु सामसनको विष्फोटक ब्याटिङ, दिल्लीमाथि चेन्नईको ८ विकेटको शानदार जित
बुधबारका लागि विदेशी मुद्राको विनिमयदर








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा
समयसँग जुध्दै, सपनालाई आकार दिँदै: मनोरम बोर्डिङ्ग स्कुलको प्रेरणादायी यात्रा
मन्टेसरी एजुकेशन स्कूलको नवौं वार्षिकोत्सव तथा दीक्षान्त समारोह सम्पन्न