भारतकाे मिजोरममा विमान दुर्घटना

भारतकाे मिजोरममा विमान दुर्घटना : Icon Khabar

भारत, माघ ९ । भारतकाे मिजोरममा विमान दुर्घटना भएकाे छ । मंगलबार बिहान म्यानमारको सेनाको विमान लेङपुई विमानस्थलमा धावनमार्गबाट ​​चिप्लिएको छ ।

विमानमा पाइलटसहित १४ जना सवार रहेको बताइएको छ । उक्त दुर्घटनामा परेर ६ जना घाइते भएका छन् । घाइतेहरुलाई लेङपुई अस्पताल लगिएको छ । ठूलो दुर्घटना हुनबाट जोगिएको छ ।

म्यानमारबाट साे विमान मिजोरममा म्यानमारका सैनिकलाई लिन आएको बताइएको छ । तर, लेङपुई विमानस्थलको धावनमार्ग चुनौतीपूर्ण भएकाले म्यानमार सेनाको शान्क्सी वाई–८ विमान अवतरणका क्रममा धावनमार्गबाट ​​चिप्लिएको थियो ।

Published Date: 23 January 2024


ताजा
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरले गर्ने ‘भक्तपुर कोरा’ किन बन्यो देशकै विशेष साइकल उत्सव ?