मुग्लिन–पोखरा सडक विस्तारका लागि दमौलीमा घर भत्काउने काम सुरु

मुग्लिन–पोखरा सडक विस्तारका लागि दमौलीमा घर भत्काउने काम सुरु : Icon Khabar

तनहुँ, माघ ७ । तनहुँको सदरमुकाम दमौली बजार क्षेत्रमा मुग्लिन–पोखरा सडकको पूर्वी भागमा रहेका घर भत्काउने काम सुरू भएको छ ।

भत्काइनुपर्ने ७० घरमध्ये ४५ परिवारले मुआब्जाको पहिलो किस्ता पाएपछि घर आफै भत्काउन थालेका छन् । मुग्लिङ–पोखरा पूर्व खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले घर भत्काएर दोस्रो किस्ता बुझाइने बताए ।

उनका अनुसार दमौली बजार क्षेत्रका घर मुआब्जाका लागि करिब ६ करोड रुपैयाँ खर्च हुनेछ । ‘पहिलो चरणमा सबैले मुआब्जा लिने हो भने ६० प्रतिशत बाँड्छ’, उनले भने, ‘आगामी डेढ महिनाभित्र दमौली बजार क्षेत्रका घर भत्काइसक्ने लक्ष्य छ ।

उनका अनुसार जिल्लाको बन्दीपुर गाउँपालिकाको डुम्रे बजार क्षेत्रदेखि सडक विस्तार भएपछि दमौली बजार क्षेत्रमा काम अघि बढाइने छ ।

आयोजनाले घर भत्काउन आग्रह गरेको, समय–समयमा बैठक बसेर नगरपालिकालाई घर भत्काउन प्रोत्साहन गरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 21 January 2024
Website | + posts
ताजा
सडक निर्माण तीव्र बनाउन मन्त्री घिसिङको निर्देशन, सूर्यविनायक–धुलिखेल ६ लेन विस्तार ५०% नाघ्यो
पटक-पटकको बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्ग स्थायी रूपमा निर्माण सुरु
नेपाल र चीन बीचको मालसामान ढुवानी गर्ने केरूङ नाका अझै पूर्ण रूपमा बन्द
आइतबार सुनको मूल्य प्रतितोला दुई हजार ९०० रुपैयाँले बढ्यो


ट्रेन्डिङ
सकिमना पुन्ही : प्रकृति र अन्नप्रतिको सम्मान गर्ने पर्व
भक्तपुरको कालिका डेरीदेखि भत्केपाटीसम्मको बाटो १० वर्षदेखि अलपत्र, स्थानीय त्रसित
शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँले बढ्यो
राममन्दिर र बराहीस्थान उकालो क्षेत्र अब वान वे, भक्तपुरमा एकतर्फी सवारी सञ्चालन सुरु