जापानको यान चन्द्रमामा सफलतापूर्वक अवतरण

जापानको यान चन्द्रमामा सफलतापूर्वक अवतरण : Icon Khabar

काठमाडौँ, माघ ७ । जापानको यान चन्द्रमामा सफलतापूर्वक अवतरण गरेको छ । ‘इक्वेटर’ पनि भनिने सो यान चन्द्रमाको मध्यरेखानजिकै नियन्त्रित रूपमा अवतरण गरेको हो ।

यो सफलतासँगै एसियाली मुलुक जापान चन्द्रमामा नियन्त्रित रूपमा अवतरण गर्न सफल पाँचौँ देश बनेको छ । यसअघि अमेरिका, तत्कालीन सोभियत सङ्घ, चीन र भारत चन्द्रमामा पुगिसकेका छन् । जापानको यान चन्द्रमा पुगे पनि त्यसको सौर्य ऊर्जा प्रणालीमा समस्या देखिएकाले यो मिसनले लामो समय काम गर्न कठिन हुने देखिएको छ । यद्यपि इन्जिनियरहरू उक्त मिसनलाई जोगाउन लागिपरेका छन् ।

उनीहरूका अनुसार चन्द्रमामा प्रकाशको दिशा परिवर्तन हुँदा स्लिम पुनः सक्रिय हुन सक्ने सम्भावना रहन सक्छ । स्लिम अवतरण भएपछि त्यसबाट दुई साना रोभर निस्किएका थिए, जसले पृथ्वीतर्फ डेटा पठाउन थालेको जापानी अन्तरिक्ष निकायले जनाएको छ । – एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 21 January 2024
Website | + posts
ताजा
सडक निर्माण तीव्र बनाउन मन्त्री घिसिङको निर्देशन, सूर्यविनायक–धुलिखेल ६ लेन विस्तार ५०% नाघ्यो
पटक-पटकको बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्ग स्थायी रूपमा निर्माण सुरु
नेपाल र चीन बीचको मालसामान ढुवानी गर्ने केरूङ नाका अझै पूर्ण रूपमा बन्द
आइतबार सुनको मूल्य प्रतितोला दुई हजार ९०० रुपैयाँले बढ्यो


ट्रेन्डिङ
सकिमना पुन्ही : प्रकृति र अन्नप्रतिको सम्मान गर्ने पर्व
भक्तपुरको कालिका डेरीदेखि भत्केपाटीसम्मको बाटो १० वर्षदेखि अलपत्र, स्थानीय त्रसित
शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँले बढ्यो
राममन्दिर र बराहीस्थान उकालो क्षेत्र अब वान वे, भक्तपुरमा एकतर्फी सवारी सञ्चालन सुरु