आज तराईंमा हुस्सु र कुहिरो, हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना

आज तराईंमा हुस्सु र कुहिरो, हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना : Icon Khabar

काठमाडौं, माघ ३ । देशका पहाडी भू-भागमा मौसम आंशिक बदली भएको छ भने तराईंमा हुस्सु र कुहिरो लागेको छ । पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले पहाडी क्षेत्रमा आंशिकमात्रामा बदली भएको मौसम पूर्वानुमान महाशाले जनाएको छ ।

महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको पनि सम्भावना रहेको छ ।

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा भने हल्का हिमपातको सम्भावना रहेको छ।

हिमाली क्षेत्रमा हिमपात र तराईमा हुस्सु र कुहिरोका कारण चिसो बढ्ने भएकोले सतर्क रहन महाशाखाले सचेतसमेत गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 17 January 2024
Website | + posts




ताजा
पोखराबाट देखिएको मनमोहक माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खला ( फोटो फिचर )
निर्वाचनको वातावरण बनिसकेको छ : सञ्चार मन्त्री खरेल
निर्वाचनका निम्ति हरसम्भव सहयोग गर्ने चीनको प्रतिबद्धता
आज सबै जिल्लामा विरोध प्रदर्शन गर्दै एमाले, केन्द्रीय नेताहरूले सम्बोधन गर्ने


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )