दोलखा, माघ ३ । दोलखाको कालिञ्चोक र शैलुङमा हिमपात भएको छ। मंगलबार दिउँसोबाट हिउँ पर्न सुरु भएसँगै हिउँ खेल्न जानेहरुको चहलपहल सुरु भएको होटल व्यवसायीहरुको भनाई छ। तीन हजार आठ सय ४२ मिटर उँचाईमा रहेको कालिञ्चोकमा मंगलवार दिउँसो करिब एक बजेबाट हिमपात सुरु भएको हो।
योसँगै दोलखाकै अर्को महत्वपूर्ण पर्यटकीय गन्तव्य शैलुङमा पनि हिमपात भएको स्थानीयले बताएका छन्। पछिल्लो समय शैलुङमा स्वदेशी तथा विदेशी पर्यटकको संख्यामा निक्कै बृद्धि भएको शैलुङ क्षेत्रमा हिमपात पछि यो संख्या अझ बढ्ने स्थानीय व्यवसायीहरु बताउछन्।