सिद्धि गणेश साकोसको स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रमहरु सम्पन्न

सिद्धि गणेश साकोसको स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रमहरु सम्पन्न : Icon Khabar

भक्तपुर,माघ ७ । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि.को २९औं स्थापना दिवसको अवसरमा विभिन्न उपसमितिको आयोजनामा विभिन्न कार्यक्रमहरु सम्पन्न भएको छ । स्थापना दिवसको अवसरमा शिक्षा उपसमितिले अनिवार्य शिक्षा शिविर, लघुवित्त तथा बचत समुह परिचालन उपसमितिको आयोजनामा सम्पन्न डोरी तान्ने प्रतियोगिता,र संस्थाको महिला तथा बालबालिका उपसमितिको आयोजनामा बालबचतकर्ताहरुबीच नेपाली हस्तलेखन प्रतियोगिता सम्पन्न भयो।

सदस्यहरुलाई संस्थाको सेवा सुविधाबारे जानकारी दिने उद्देश्यकासाथ शिक्षा उपसमितिको आयोजनामा सम्पन्न अनिवार्य शिक्षा शिविरमा संस्थाका अध्यक्ष रुद्रनारायण लाखाले सहकारी, सहकारीता र संस्थाका अवधारणागत पक्षहरुबारे संस्थागत प्रस्तुती दिदै ३१ जनाको ३१०० रकमबाट शुरुभएको संस्थाले हाल १६१२३ जना सदस्यबाट २ अर्व ६६ करोड ६६ लाखभन्दा बढीको सम्पत्ति निर्माण गर्न सफल भएको जानकारी दिदै सिद्धि गणेश ऐन, कानून तथा सहकारीका अन्तराष्ट्रिय मान्यता अनुसार सञ्चालन भै रहेको संस्था भएकोले वर्तमान तरलताको समस्याग्रस्त वित्तीय वातावरणमा पनि पूर्णत सुरक्षित रहेको बताए ।संस्थाका व्यवस्थापक शिला गोसाईंले संस्थाका सेवा सुविधाबारे संस्थागत प्रस्तुती दिदै अनिवार्य शिक्षा शिविरमा उपस्थित सदस्य मात्रै संस्थाबाट प्रदान गरिने सबैखालका सुविधाका लागि योग्य हुने भन्दै सिद्धि गणेश साकोसले सदैव सदस्यको आर्थिक विकासलाई प्राथमिकतामा राखि कार्य गर्दै आइरहेको जानकारी दिइन् ।

आयोजक उपसमितिका संयोजक एवं सभापति सञ्चालक विष्णु प्रसाद दुमरुले संस्था सदस्यको स्वार्थ अनुकुल भए नभएको जानकारी दिदै सदस्यहरुलाई सहकारी अभियान सम्बन्धि जानकारी दिने उद्देश्यका साथ स्थापनाकालदेखी शिक्षा शिविर सञ्चालन गर्दै आइरहेको र तत्कालिन समाजको आर्थिक क्षमता उकास्नका लागि सिद्धि गणेश साकोसको स्थापना भएको बताए ।५५ जना सदस्यको उपस्थिति रहेको शिविरमा आयोजक उपसमितिका सचिव किरण वनमाला र रामहरी ताम्राकारले पनि बोलेका थिए।

त्यसैगरी लघुवित्त तथा बचत समुह परिचालन उपसमितिको आयोजनामा सम्पन्न डोरी तान्ने प्रतियोगितामा अध्यक्ष लाखाले खेलले व्यक्तिलाई अनुशासन, कडा परिश्रम, मित्रता तथा सदाचार जस्ता गुण दिनुका साथै स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्ने भएकोले भविष्यमा पनि खेलकुद प्रतियोगिता गर्दैजाने विश्वास व्यक्त गरे । कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष एवं सञ्चालक हरिरत्न गोर्खालीले सिद्धि गणेश साकोस वित्तीय संस्था भएपनि सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाले विभिन्न क्रियाकलाप सञ्चालन गर्दै आइरहेको र डोरी तान्ने प्रतियोगिता पनि त्यसैको एउटा भाग रहेको बताए ।

प्रतियोगिताको पुरुष बिधामा सिद्धि गणेश साकोस कर्मचारी समुह प्रथम तथा जागरुक युवा बचत समुह द्धितीय भएको थियो भने महिला विधामा आदर्श बचत समुह प्रथम र सिद्धि गणेश कर्मचारी समुह“क” द्वितीय हुन सफल भएको थियो । विजेतालहरुलाई प्रमाणपत्र, मेडलसँगै नगद पुरस्कारबाट सम्मानित गरिएको थियो ।

आयोजक उपसमितिका संयोजक एवं कार्यक्रमका सभापति सञ्चालक रत्नश्वरी चवालले प्रतियोगितामा हार जित भइरहने र खेलुकुदलाई मनोरञ्जनसँगै स्वास्थ्यसँग जोडेर हेर्नुपर्नेमा जोड दिदै सहभागी तथा सहयोगि सबैमा धन्वाद ज्ञापन व्यक्त गरे ।

त्यस्तै, संस्थाको महिला तथा बालबालिका उपसमितिको आयोजनामा बालबचतकर्ताहरुबीच नेपाली हस्तलेखन प्रतियोगिता सम्पन्न भएको छ । कार्यक्रममा संस्थाका अध्यक्ष लाखाले हस्तलेखनले विद्यार्थीको व्यक्तित्व विकाससँगै पढाइमा सहयोग गर्ने र विद्यार्थीहरुको उज्जल भविष्यमा सहयोग पु¥याउने विचार व्यक्त गर्नुहुँदै भविष्यमा थप सीपमूलक तालिमहरु सञ्चालन गर्दै जाने विश्वास व्यक्त गरे ।
संस्थाका व्यवस्थापक शिला गोसाइले सानैदेखि गरिने थोरै थोरै बचतले भविष्यको ठूलो गर्जाे टार्न सहयोग पु¥याउने भएकोले बाल बचत गर्नुपर्ने भन्दै बालबालिकाको सर्वाङ्गीन विकास गर्ने उद्देश्यकासाथ विभिन्न समयमा सिद्धि गणेशले बालबालिका लक्षित कार्यक्रमहरु गर्दै आइरहेको जानकारी दिईन् ।हस्तलेखन तालिमका प्रशिक्षक एवं प्रतियोगिताका निर्णायक सुरज दिदीयाले विद्यार्थी जिवनको सहयोगी लेखन शैली हस्तलेखन तालिमलाई भविष्यमा पनि निरन्तर दिनुपर्ने र भक्तपुरको मौलिक एवं नेपालभाषाको पहिचान रञ्जना लिपीको पनि तालिम प्रदान गर्नु अनुरोध गरेका छन् ।

आयोजक उपसतिका संयोजक एवं सभापति सञ्चालक रञ्जना प्रजापतिले महिला तथा बालबालिका उपसमितिले विभिन्न समय र अवसरमा महिला तथा बालबालिका लक्षित सीपमूलक तथा रोजगारीमूलक सञ्चालन गर्दै आइरहेको जानकारी दिदै भविष्यमा सञ्चालन हुने कार्यक्रमहरुमा सदस्यहरुको सक्रिय सहभागिता रहनेमा विश्वास व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 21 January 2023
Website | + posts