भक्तपुर बुक क्लबद्वारा आयोजित तीन दिने स्टुडेन्टस् बुक फेयर सम्पन्न

भक्तपुर बुक क्लबद्वारा आयोजित तीन दिने स्टुडेन्टस् बुक फेयर सम्पन्न : Icon Khabar

भक्तपुर, माघ ७ । भक्तपुर बुक क्लबको आयोजनामा भएको तीन दिने स्टुडेन्टस् बुक फेयर आज शनिवार सांस्कृतिक कार्यक्रम सहित  सम्पन्न भएको छ । उद्घाटन कार्यक्रमसहित पहिलो दिन बिहिबार कलाकार तथा आरोहण गरुकलका नाट्यनिर्देशक सुनिल पोखरेल, शिक्षक योगेन्द्रमान बिजुक्छे र लेखक तथा साहित्यकार बिना थिङले नयाँ पुस्ता बीच पठन संस्कृतिको प्रवद्र्धन सम्बन्धी पुस्तक वार्ता गरेका थिए ।

कार्यक्रमको दोस्रो दिनको पहिलो सत्र कविता गोष्ठीमा साहित्यकार हरिहर तिमल्सिना, अभय श्रेष्ठ लगायत बागिश्वरी मावि, आदर्श आजाद मावि, ब्रम्हायणी आवि तथा भीम आदर्श आवि तथा पुल्चोक क्याम्पसका विद्यार्थी गरी जम्मा २७ जनाको कविता वाचनका लागि डेट पोयट सोसाइटीले सहयोगी भूमिका निभाएको थियो ।

दोश्रो दिनको दोश्रो सत्रमा कथावाचक विना प्रजापति र कृष्णदिप सिग्देलको उपदेशमूलक कथाले विद्यार्थीको उल्लेख्य सहभागिता रहेको छ ।
अन्तिम दिन शनिबारको पहिलो सत्रमा जनस्वास्थ्य विद् तथा पोषणविज्ञ डा. अरुणा उप्रेतिसँग अभिभावक तथा शिशु कक्षाका शिक्षक तथा आया दिदिहरुले बालबालिकाको स्वास्थ्य र पोषण बारे अन्तरसंवाद गरेका थिए ।

उनले परम्परागत मौलिक खाद्य परिकार नै पोषणको उपयक्त स्रोत रहेको बताउँदै बजारमा विज्ञापन गरिएका खाद्यान्नले स्वास्थ्यमा खराबी ल्याउने बताइन । करुणा बौद्ध केन्द्रका प्रिन्सिपल शान्त महर्जनले ह्याण्ड राइटिङको माध्यमबाट ज्ञानको भण्डार वृद्धि हुने बताउँदै भगवान् बुद्धको उपदेशले जीवन सुखी तुल्याउने बताए।

साथै समापन समारोहमा फ्रेट ब्याण्ड, एभरेष्ट ईङ्गलिस सेकेण्डरी स्कल र आस्था सांस्कृतिक परिवारको सांगितिक प्रस्तुति दिएका थिए ।
सोही बुक फेयरमा वातावरण, स्वास्थ्य, इतिहास, धर्मसंस्कृति तथा कथा कविता निबन्ध उपन्यास लगायत बालसाहित्यसँग सम्बन्धित पुस्तक एवं विभिन्न उमेर समूहका पुस्तकहरू न्यूनतम मूल्य रू.२५ देखि रू.४००० सम्मका नेपाल भाषा, अंग्रेजी साहित्यका पुस्तकहरु रहेका छन् ।

सो कार्यक्रममा विद्यार्थीले २० भन्दा बढी पुस्तकका स्टलमा १५% देखि ३०% भन्दा बढी पुस्तकहरूमा छुट पाएका छन् भने रू.५० देखि रु.१००० सम्मका कपडाका व्याग झोला, नोटबुक तथा थैलीहरू तथा हेल्थ एण्ड एडुकेशन ग्ररुपको कागजी हस्तकलाका सामानहरु विशेष छुटमा बिक्रीवितरण भएको छ ।

माटोको विभिन्न कला, चित्रकला, लिपी तथा कला कार्यशालाका साथै बौद्धमार्गीहरुको हस्तलेखन सुत्र प्रदर्शनी भएको छ । निःशुल्क प्रवेशको व्यवस्था भएको सो कार्यक्रममा अनुसन्धानमूलक पुस्तकका साथ नेवारी मौलिक परिकारको स्वाद चाखेका छन् । कार्यक्रमको समापन समारोहमा भक्तपर बुक क्लबका अध्यक्ष दिनेश प्रधानले प्रदर्शनीमा विज्ञापनदाता, प्रकाशक संघसंस्था र स्वयंसेवकलाई कदर पत्र वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
Published Date: 21 January 2023
Website | + posts