भक्तपुर आउँदा माइती आएजस्तै भयो: राष्ट्रपति भण्डारी

भक्तपुर आउँदा माइती आएजस्तै भयो: राष्ट्रपति भण्डारी : Icon Khabar

भक्तपुर, माघ ७। राष्ट्रपति बिद्या देवी भण्डारी र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष्य नारायणमान बिजुक्छे बीच आज भेटवार्ता भएको छ। बिजुक्छे निवास भक्तपुर कमलविनायकमा भएको भेटवार्तामा राष्ट्रपति भण्डारीले भक्तपुर आउँदा माइती आएको जस्तो महशुस भएको बताइन् ।

भेटको क्रममा देशको शिक्षा, स्वास्थ्य, कृषिको बारेमा छलफल भएको श्रोतले जनाएको छ। राष्ट्रपति भण्डारी समक्ष अध्यक्ष्य बिजुक्छेंले नेमकिपाले सडक देखि सदन सम्म उठाउदै आएको नागरिकता विधयेक, स्वदेशमै रासायनिक मल उत्पादन गर्नुपर्ने, सरकारले जनतालाई स्वास्थ्य उपचार उचित रुपमा प्रदान गर्न नसकेको प्रति ध्यानाकर्षण गराए।

साथै अध्यक्ष्य बिजुक्छेंले भक्तपुर नगरपालिकाले कला संस्कृतिको संरक्षणमा सार्दै आएको पाईला, भक्तपुरको शिक्षा, स्वास्थ्यमा गर्दै आएको कार्यका बारेमा भण्डारीलाई जानकारी गराए। राष्ट्रपति भण्डारीले भक्तपुर नगरपालिका र नेमकिपाले गर्दै आएको योगदानबारे आफु अवगत रहेको भनी प्रशंसा ब्यक्त गरिन्।

भेटवार्तामा राष्ट्रपति भण्डारीले बिजुक्छे पत्नी शोभा प्रधानको दुखद निधन प्रति समवेदना ब्यक्त गरिन् ।
लामो समय देखि नेमकिपा अध्यक्ष्य बिजुक्छें सँग विभिन्न विषय लाई लिएर भेटघाट गर्ने इक्षा हुँदा हुँदै व्यस्तताको कारण ले भेट्न नपाएको कुरा ब्यक्त गरिन्।

उक्त भेटमा नेमकिपाका बागमती प्रदेश संसाद सुरेन्द्रराज गोसाई, सिर्जना सायाजुकाे पनि उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
Published Date: 21 January 2023
Website | + posts


ताजा
डा. सन्दीप भण्डारी : नेपालको पहिलो रोबोटिक-असिस्टेड घुँडा र हिप रिप्लेसमेन्ट सर्जन
मल्लकालमा भक्तपुरको खानेपानी आपूर्ति गर्नका लागि बनाइएको मुहान पोखरी (फोटो फिचर)
काठमाडौँमा राष्ट्रिय नाटक महोत्सव सम्पन्न
राजु कर्माचार्यको आफ्नै शब्द, संगीत र स्वरमा सजिएको नयाँ गीत “आफ्नो मान्छे” सार्वजनिक


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू