भक्तपुर आउँदा माइती आएजस्तै भयो: राष्ट्रपति भण्डारी

भक्तपुर आउँदा माइती आएजस्तै भयो: राष्ट्रपति भण्डारी : Icon Khabar

भक्तपुर, माघ ७। राष्ट्रपति बिद्या देवी भण्डारी र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष्य नारायणमान बिजुक्छे बीच आज भेटवार्ता भएको छ। बिजुक्छे निवास भक्तपुर कमलविनायकमा भएको भेटवार्तामा राष्ट्रपति भण्डारीले भक्तपुर आउँदा माइती आएको जस्तो महशुस भएको बताइन् ।

भेटको क्रममा देशको शिक्षा, स्वास्थ्य, कृषिको बारेमा छलफल भएको श्रोतले जनाएको छ। राष्ट्रपति भण्डारी समक्ष अध्यक्ष्य बिजुक्छेंले नेमकिपाले सडक देखि सदन सम्म उठाउदै आएको नागरिकता विधयेक, स्वदेशमै रासायनिक मल उत्पादन गर्नुपर्ने, सरकारले जनतालाई स्वास्थ्य उपचार उचित रुपमा प्रदान गर्न नसकेको प्रति ध्यानाकर्षण गराए।

साथै अध्यक्ष्य बिजुक्छेंले भक्तपुर नगरपालिकाले कला संस्कृतिको संरक्षणमा सार्दै आएको पाईला, भक्तपुरको शिक्षा, स्वास्थ्यमा गर्दै आएको कार्यका बारेमा भण्डारीलाई जानकारी गराए। राष्ट्रपति भण्डारीले भक्तपुर नगरपालिका र नेमकिपाले गर्दै आएको योगदानबारे आफु अवगत रहेको भनी प्रशंसा ब्यक्त गरिन्।

भेटवार्तामा राष्ट्रपति भण्डारीले बिजुक्छे पत्नी शोभा प्रधानको दुखद निधन प्रति समवेदना ब्यक्त गरिन् ।
लामो समय देखि नेमकिपा अध्यक्ष्य बिजुक्छें सँग विभिन्न विषय लाई लिएर भेटघाट गर्ने इक्षा हुँदा हुँदै व्यस्तताको कारण ले भेट्न नपाएको कुरा ब्यक्त गरिन्।

उक्त भेटमा नेमकिपाका बागमती प्रदेश संसाद सुरेन्द्रराज गोसाई, सिर्जना सायाजुकाे पनि उपस्थिति रहेको थियो।

Published Date: 21 January 2023


ताजा
जनैपूर्णिमा मेला लक्षित गोसाइँकुण्डमा तयारी तीव्र, ११ उपसमिति परिचालनदेखि निःशुल्क उद्धारसम्मको व्यवस्था
भक्तपुरमा आज गाथामाग चःर्‍हे मनाइँदै
अण्डाको मूल्य फेरी बढ्यो
सुनको मूल्य तोलामा ६ हजार ४ सयले बढ्यो, चाँदी पनि महँगियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु