माघ महिनाका लागि बैंकहरुले घटाए ब्याजदर

माघ महिनाका लागि बैंकहरुले घटाए ब्याजदर : Icon Khabar

काठमाडौं, पुस २९ । वाणिज्य बैंकहरुले माघ महिनाको लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन् ।

एनएमबि र एभरेष्ट बैंकले भने पुस महिनाकै ब्याजदर यथावत राखेका छन् । औसतमा व्यक्तिगत तर्फ मुद्दति निक्षेपको ब्याजदर माघ महिनाका लागि ८.१७ प्रतिशत भएको छ । पुसमा ८.९९ प्रतिशत रहेको छ । औसतमा हेर्दा बैंकहरुको ब्याजदर ०.८२ विन्दुले घटको छ ।

तथ्यांक अनुसार सिटिजन्स बैंकले सबैभन्दा धेरै ९.१५ प्रतिशतसम्म ब्याज दिने भएको छ । यता, कृषि विकास बैंकले भने सबैभन्दा कम ८.९६ प्रतिशतसम्म ब्याजदर तोकेको छ ।बैंकहरुले मुद्दति निक्षेपमा दिने अधिकतम ब्याजदरमात्र यहाँ प्रस्तुत गरिएको हो । विभिन्न शीर्षक अनुसार विभिन्न किसिमका ब्याजदर तोकिएका छन् ।

यसका लागि लगानीकर्ता तथा ऋणीले सम्बन्धित बैंकको सूचना हेर्ने वा बैंकमा सम्पर्क गर्नुपर्ने हुन्छ । पछिल्ला महिनाहरुमा बैंकहरुले लगातारजसो निक्षेपको ब्याजदर घटाइरहेका छन् । अहिले मुद्दति निक्षेपको ब्याजदर एकल अंकमा आइसकेको छ । तर पनि ऋणीले भने अझै पनि सस्तो ब्याजमा कर्जा पाउन सकेका छैनन् ।

विगतमा मुद्दति निक्षेपमा चर्को ब्याजदर कायम गरिएकाले कर्जाको ब्याजदर एकल अंकमा झर्न केही समय लागेको हो । बैंकमा पैसा थुप्रिए पनि महँगो कर्जाको ब्याजदरका कारण कर्जा लगानी बढ्न सकेको छेन । अब विस्तारै बेस रेट पनि घट्दै जाँदा कर्जाको ब्याजदर पनि सस्तो हुने देखिएको छ । कर्जाको ब्याजदर एकल अंक वा १०–११ प्रतिशत हाराहारीमा झर्न सकेमा कर्जा प्रवाह बढ्ने बैंकरहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 14 January 2024
Website | + posts




ताजा
बुधबार बिहानसम्म हिमाली भू–भागमा हिमपात तथा वर्षाको सम्भावना
देशभर छ हजारभन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि
मौसमको जानकारी लिएर मात्र ट्रेकिङ्ग जना आग्रह
सोमबार सुनको मूल्य प्रतितोला रू दुई हजारले घट्यो


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने