नेपालमा कोरोनाको नयाँ भेरियन्टको संक्रमण दर बढ्दै

नेपालमा कोरोनाको नयाँ भेरियन्टको संक्रमण दर बढ्दै : Icon Khabar

काठमाडौं, पुस २५ । नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट जेएन.१ को संक्रमण दर बढ्दै गएको पाइएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासिनीका अनुसार यो नयाँ संस्करणको एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने दर अन्य संस्करणको तुलनामा बढी छ ।

मरासिनीले भने, “सहरहरूमा भीडभाड बढी भएकाले जेएन १ को सर्ने दर बढी छ। तर संक्रमणबाट मृत्युदर र जटिलता न्यून छ।”

गत सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएका १६ मध्ये सात नमूनामा जेएन.१ उप–भेरियन्ट भेटिएको थियो । जेएन.१ ओमिक्रणको सबैभन्दा नयाँ संस्करण हो।

नयाँ सब-भेरियन्ट अत्यधिक ट्रान्समिसिबल भएकाले, मन्त्रालयले सबैलाई भीडमा अनुहार मास्क लगाउने, शारीरिक दूरी कायम गर्ने र बारम्बार हात धुने जस्ता सावधानी अपनाउन आग्रह गरेको छ।

कोरोना भाइरसको नयाँ उपविकृतिको संक्रमण दर बढ्दै गएपछि मन्त्रालयले प्रवेश नाकामा राखिएका हेल्थ डेस्कमार्फत शङ्कास्पद व्यक्तिको परीक्षण गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 10 January 2024
Website | + posts