नेपालमा कोरोनाको नयाँ भेरियन्टको संक्रमण दर बढ्दै

नेपालमा कोरोनाको नयाँ भेरियन्टको संक्रमण दर बढ्दै : Icon Khabar

काठमाडौं, पुस २५ । नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट जेएन.१ को संक्रमण दर बढ्दै गएको पाइएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासिनीका अनुसार यो नयाँ संस्करणको एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने दर अन्य संस्करणको तुलनामा बढी छ ।

मरासिनीले भने, “सहरहरूमा भीडभाड बढी भएकाले जेएन १ को सर्ने दर बढी छ। तर संक्रमणबाट मृत्युदर र जटिलता न्यून छ।”

गत सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएका १६ मध्ये सात नमूनामा जेएन.१ उप–भेरियन्ट भेटिएको थियो । जेएन.१ ओमिक्रणको सबैभन्दा नयाँ संस्करण हो।

नयाँ सब-भेरियन्ट अत्यधिक ट्रान्समिसिबल भएकाले, मन्त्रालयले सबैलाई भीडमा अनुहार मास्क लगाउने, शारीरिक दूरी कायम गर्ने र बारम्बार हात धुने जस्ता सावधानी अपनाउन आग्रह गरेको छ।

कोरोना भाइरसको नयाँ उपविकृतिको संक्रमण दर बढ्दै गएपछि मन्त्रालयले प्रवेश नाकामा राखिएका हेल्थ डेस्कमार्फत शङ्कास्पद व्यक्तिको परीक्षण गरिरहेको जनाएको छ ।

Published Date: 10 January 2024


ताजा
सुनसरीको संवेदनशील अवस्था समाधान गर्न सरकार सक्रिय, नागरिकलाई संयमित रहन प्रधानमन्त्रीको आग्रह
शिल्पा सेट्ठी काठमाडौंमा, सोल्टीमा हुँदैछ एसीई ग्लोबल कन्भेन्सन
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
१० आरोही सम्पर्कविहीन, ब्रोड पिक फेरि चर्चामा: किन जोखिमपूर्ण छ यो हिमाल?


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु