भक्तपुर नगरपालिकामा एसइइ तयारी परीक्षा सुरू

भक्तपुर नगरपालिकामा एसइइ तयारी परीक्षा सुरू : Icon Khabar

भक्तपुर, पुस २५ । भक्तपुर नगरपालिकाद्वारा भक्तपुर नगरभित्र सञ्चालित सामुदायिक, संस्थागत र गुठीमा सञ्चालित सबै प्रकारका विद्यालयहरूका लागि लिइने एसइइ तयारी परीक्षा पुस २५ गते वुधबारबाट सुरू भएको छ ।

भक्तपुर नगरभित्र सञ्चालित एक खुलासमेत १४ वटा सामुदायिक र ४५ वटा संस्थागत गरी जम्मा ५९ वटा विद्यालयबाट २ हजार ४ सय ५५ जना विद्यार्थीहरू परीक्षामा सहभागी भएका छन् ।

सामुदायिक विद्यालयबाट ४ सय ५२ जना छात्रा र ३ सय ७१ जना छात्र गरी जम्मा ८ सय २३ जना विद्यार्थी सहभागी भएका छन् भने संस्थागत विद्यालयबाट ७ सय १५ जना छात्रा र ९ सय १७ जना छात्र गरी जम्मा १ हजार ६ सय ३२ जना विद्यार्थी परीक्षामा सहभागी भएका छन् । भक्तपुर नगरभित्र सात वटा परीक्षा केन्द्रमा सुरू भएको परीक्षा माघ ७ गते आइतबारसम्म सञ्चालन हुनेछ ।

भक्तपुर नगरपालिकाले विद्यार्थीहरू शैक्षिक स्तर वृद्धि गर्न गत वर्षदेखि कक्षा १० को एसइइ तयारी परीक्षा र कक्षा ५ को वार्षिक परीक्षा सुरू गरेको थियो । कक्षा ८ को आधारभूत शिक्षा (कक्षा ८) परीक्षा र कक्षा ५ को वार्षिक परीक्षा भने चैतको पहिलो साताबाट सञ्चालन हुनेछ ।

Published Date: 10 January 2024


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग