भक्तपुर नगरपालिकामा एसइइ तयारी परीक्षा सुरू

भक्तपुर नगरपालिकामा एसइइ तयारी परीक्षा सुरू : Icon Khabar

भक्तपुर, पुस २५ । भक्तपुर नगरपालिकाद्वारा भक्तपुर नगरभित्र सञ्चालित सामुदायिक, संस्थागत र गुठीमा सञ्चालित सबै प्रकारका विद्यालयहरूका लागि लिइने एसइइ तयारी परीक्षा पुस २५ गते वुधबारबाट सुरू भएको छ ।

भक्तपुर नगरभित्र सञ्चालित एक खुलासमेत १४ वटा सामुदायिक र ४५ वटा संस्थागत गरी जम्मा ५९ वटा विद्यालयबाट २ हजार ४ सय ५५ जना विद्यार्थीहरू परीक्षामा सहभागी भएका छन् ।

सामुदायिक विद्यालयबाट ४ सय ५२ जना छात्रा र ३ सय ७१ जना छात्र गरी जम्मा ८ सय २३ जना विद्यार्थी सहभागी भएका छन् भने संस्थागत विद्यालयबाट ७ सय १५ जना छात्रा र ९ सय १७ जना छात्र गरी जम्मा १ हजार ६ सय ३२ जना विद्यार्थी परीक्षामा सहभागी भएका छन् । भक्तपुर नगरभित्र सात वटा परीक्षा केन्द्रमा सुरू भएको परीक्षा माघ ७ गते आइतबारसम्म सञ्चालन हुनेछ ।

भक्तपुर नगरपालिकाले विद्यार्थीहरू शैक्षिक स्तर वृद्धि गर्न गत वर्षदेखि कक्षा १० को एसइइ तयारी परीक्षा र कक्षा ५ को वार्षिक परीक्षा सुरू गरेको थियो । कक्षा ८ को आधारभूत शिक्षा (कक्षा ८) परीक्षा र कक्षा ५ को वार्षिक परीक्षा भने चैतको पहिलो साताबाट सञ्चालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 10 January 2024
Website | + posts
ताजा
जनप्रेमी वर्ल्ड स्कुलमा ‘फ्रेसर्स सोसल तथा जे डब्लुएस आइकन–२०८२’ भव्य रूपमा सम्पन्न
बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर उतारचढाव
त्रिविको दिक्षान्त समारोहमा जापानी प्राद्यापक ताकाआकी काजिता प्रमुख अतिथि हुने
आज विश्व ध्यान दिवस मनाइँदै, टुँडिखेलमा विशेष कार्यक्रम


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न