कर्मचारी सञ्चय कोषको स्वास्थ्य उपचार सुविधा पति र पत्नी दुवैले पाउने

कर्मचारी सञ्चय कोषको स्वास्थ्य उपचार सुविधा पति र पत्नी दुवैले पाउने : Icon Khabar

काठमाडौँ, पुस २५ । कर्मचारी सञ्चय कोषले सञ्चयकर्ता स्वास्थ्य उपचार योजना अन्तर्गत पति र पत्नीलाई समेत समावेश गरेको छ । अस्पताल भर्ना भई उपचार गराएको साधारण रोगको हकमा प्रत्येक वर्ष बढीमा एक लाख र घातक रोगको हकमा सेवा अवधिभरमा १० लाखसम्म स्वास्थ्य उपचार सुविधा पति र पत्नीलाई नै उपलब्ध गराउने जनाएको छ ।

२०७६ सालदेखि सञ्चयकर्तालाई मात्र उपलब्ध गराउँदै आइएको उक्त योजनामा २०८० फाल्गुण १ गतेदेखि लागू हुने गरी सञ्चयकर्ताको पति र पत्नीलाई समेत समावेश गरेको जनाएको हो ।

उक्त सुविधा लिनका लागि कोषले सूचिकृत गरेका अस्पतालमा मात्र सञ्चयकर्ताको पति र पत्नीको उपचार गराई दाबी गर्नु पर्ने जनाएको छ ।

Published Date: 10 January 2024


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग