राष्ट्रियसभा निर्वाचन: हिजो मनोनयन दर्ता गरेका उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

राष्ट्रियसभा निर्वाचन: हिजो मनोनयन दर्ता गरेका उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने : Icon Khabar

काठमाडौँ, पुस २४ । राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत आज दाबीविरोध र उजुरीको कार्यतालिका रहेको छ। हिजो मनोनयन दर्ता गरेका उम्मेदवारविरुद्ध आज दाबीविरोध र उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ।

निर्वाचन आयोगको कार्यतालिका अनुसार २५ र २६ गते जाँचबुझ गरी उम्मेदवारको नामावली सार्वजनिक हुनेछ। २७ गते नाम फिर्ता लिन चाहने उम्मेदवारको नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली सार्वजनिक हुनेछ।

पुस २८ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन कार्यतालिका छ। माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान गरिनेछ। मतदान सकिएपछि सोही दिन मतगणना गरिने छ।

कूल १९ सिटका लागि हुने निर्वाचनमा सातै प्रदेशमा महिला समूहतर्फ १७, दलित समूहतर्फ छ, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायतर्फ आठ, र अन्य समूहतर्फ २१ गरी जम्मा ५२ उम्मेदवारको मनोनयन पत्र दर्ता भएको आयोगले जनाएको छ।

Published Date: 09 January 2024


ताजा
खुर्कोट-भकुन्डेबेसी सडकखण्डमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन चलाउन रोक
सरकारद्वारा पेट्रोलियम पदार्थको मूल्य घटाउन सकिने अवस्था नरहेको स्पष्ट
सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा ८ वटै अध्यादेश जारी
अहिले दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक बस्दै










ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा
समयसँग जुध्दै, सपनालाई आकार दिँदै: मनोरम बोर्डिङ्ग स्कुलको प्रेरणादायी यात्रा
मन्टेसरी एजुकेशन स्कूलको नवौं वार्षिकोत्सव तथा दीक्षान्त समारोह सम्पन्न