राष्ट्रियसभा निर्वाचन: हिजो मनोनयन दर्ता गरेका उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

राष्ट्रियसभा निर्वाचन: हिजो मनोनयन दर्ता गरेका उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने : Icon Khabar

काठमाडौँ, पुस २४ । राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत आज दाबीविरोध र उजुरीको कार्यतालिका रहेको छ। हिजो मनोनयन दर्ता गरेका उम्मेदवारविरुद्ध आज दाबीविरोध र उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ।

निर्वाचन आयोगको कार्यतालिका अनुसार २५ र २६ गते जाँचबुझ गरी उम्मेदवारको नामावली सार्वजनिक हुनेछ। २७ गते नाम फिर्ता लिन चाहने उम्मेदवारको नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली सार्वजनिक हुनेछ।

पुस २८ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन कार्यतालिका छ। माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान गरिनेछ। मतदान सकिएपछि सोही दिन मतगणना गरिने छ।

कूल १९ सिटका लागि हुने निर्वाचनमा सातै प्रदेशमा महिला समूहतर्फ १७, दलित समूहतर्फ छ, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायतर्फ आठ, र अन्य समूहतर्फ २१ गरी जम्मा ५२ उम्मेदवारको मनोनयन पत्र दर्ता भएको आयोगले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 09 January 2024
Website | + posts


ताजा
विराटनगरको भाटभटेनीमा पनि भेटियो शव
ऊर्जामन्त्री घिसिङद्वारा विद्युत् प्राधिकरणको वक्यौता बापतको रकम उठाउने पहिलो निर्णय
मन्त्रिपरिषद्को पहिलो बैठक अहिले अपरान्ह ४ बजे
चीनको क्रिमसन स्न्यापर माछा: नुन हालि, घाममा सुकाउने डान्झाउको प्राचीन विधि अमूर्त सांस्कृतिक सम्पदामा सूचीकृत


ट्रेन्डिङ
भक्तपुर मोडर्नमा मतदान र खाद्य प्रदर्शनी सम्पन्न
राजु कर्माचार्यको आफ्नै शब्द, संगीत र स्वरमा सजिएको नयाँ गीत “आफ्नो मान्छे” सार्वजनिक
आइकन खबर डटकम अब साइकल कनेक्ट भक्तपुरको आधिकारिक मिडिया पार्टनर
सुनको मूल्यले रेकर्ड बनाउने क्रम जारी, चाँदी भने सामान्य घट्यो