१४ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका ८ जनालाई थुनामा राख्न अदालतको आदेश

१४ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका ८ जनालाई थुनामा राख्न अदालतको आदेश : Icon Khabar

काठमाडौं, पुस २३ । १४ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका ८ जनालाई पुर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिएको छ ।

जिल्ला अदालत, काठमाडौंले आइतबार उनीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले जनाएको छ ।

विमानस्थल भन्सार कार्यालयले २२ मंसिरमा यूएईबाट ल्याइएको १४ किलो सुनसहित चन्द्र घलेलाई पक्राउ गरेको थियो । उनको बयानका आधारमा गोरखाका मीनबहादुर घले पक्राउ परेका थिए ।

अनुसन्धानका क्रममा विमानस्थलका नागरिक उड्डयन कार्यालयका एसी मेकानिक राधाकृष्ण श्रेष्ठ, कार्यालय सहयोगी लेकबहादुर तामाङ, सेवा निवृत्त भएर करारमा कार्यरत कर्मचारी रमेश देउला, एसी शाखामा काम गर्ने सहयोगी अनिल श्रेष्ठ र प्लम्बर शेरबहादुर बस्नेतको संलग्नता खुलेको थियो ।

उनीहरु सबैलाई सुन तस्करीको मुद्दामा थुनामा पठाउने आदेश भएको भन्सारले जनाएको छ । भन्सारले यो मामलामा क्रिप्टोकरेन्सी र मानवबेचबिखन पनि जोडिएको भन्दै थप अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई पनि पत्राचार गरेको छ ।

यो प्रकरणमा जोडिएका दुई जना अझै फरार छन् । व्यवसायी विमल पोद्दारसहित अंकित अग्रवाल, राजेन्द्र बस्नेत, राज कुमार भारती, जीवन गुरुङ र गुरु भनिने भारतीय नागरिकबारे पनि अनुसन्धान गर्न सरकारी वकिलले भनेको छ ।

Published Date: 08 January 2024
Website | + posts




















ताजा
तीन वर्षदेखि अधुरै चाँगुनारायण प्रवेशद्वार, आक्रोशित स्थानीयले गरे सडक अवरुद्ध
काठमाडौँ फिल्म फेस्टिभलमा कलाकार होइन, पहुँचको प्रदर्शन ! निम्तो पाउन ‘हैसियत’ चाहिने हो ?
एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ: प्रधानमन्त्री बालेन शाह
दराज ११.११ “वर्षकै सबैभन्दा ठूलो सेल” आज राति ८ बजेदेखि प्रारम्भ हुँदै


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक
परम्परागत बाजा बजाउन हाकुपतासीसँग कालो टोपी र सेतो फेटा (बेताली) कति उचित?