नापी कार्यालयका प्रमुखसहित नौं जनाविरुद्धको मुद्दा सर्वोच्चमा

नापी कार्यालयका प्रमुखसहित नौं जनाविरुद्धको मुद्दा सर्वोच्चमा : Icon Khabar

काठमाडौँ, पुस २३ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालयका प्रमुखसहित नौं जनाविरुद्धको भ्रष्टाचार मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

सरकारी जग्गा व्यक्तिको नाउँमा दर्ता गरी भ्रष्टाचार गरेको आरोप लागेका उनीहरूलाई सजायको माग गर्दै सर्वोच्चमा पुनरावेदन गरिएको हो । मालपोत कार्यालय खोटाङका तत्कालीन मालपोत प्रमुख यदुनाथ दाहालसहित नौ जनालाई विशेष अदालतले गरेको फैसला बदर गरी प्रतिवादीहरूलाई सजायको माग गर्दै सर्वोच्चमा पुनरावेदन गरिएको अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए ।

अख्तियारले १३ जेठ २०७७ सालमा मालपोत प्रमुख यदुनाथ दाहाल, नापी विभागका प्रमुख सियाकान्त चौधरी, मालपोत अधिकृत कटक बहादुर खत्री, मालपोत कार्यालयमा ना.सु. भीम बहादुर खत्री, तत्कालीन खरिदार टेकबहादुर खड्का,जग्गाधनी गजेन्द्रकुमार थापा, रामबहादुर थापा, तत्कालीन नापी कार्यालयका अमिन गणेश कुमार खिडहरी, जग्गा मालपोत कार्यालय खोटाङका कर्मचारी टेक बहादुर खड्का र मालपोत कार्यालय खोटाङका तत्कालीन ना।सु।चन्द्र बहादुर कार्कीको मिलेमतोमा सार्वजनिक जग्गा व्यक्तिको बनाएको आरोपमा विशेषमा मुद्दा दायर गरेको थियो ।

खोटाङ दिक्तेलको सरकारी जग्गा कित्ता नम्बर १३७ र ८१५ को छुट जग्गा दर्ता गराउँदै उनीहरूले ४ लाख ९१ हजार २ सय रुपैयाँ भ्रष्टाचार गरेको आरोप पत्र दायर गरेको थियो। अख्तियारले सबै प्रतिवादीसँग ४ लाख ९२ हजार २ सय बिगो र सोही बराबरको जरिवाना र भ्रष्टाचार निवारण ऐनअनुसार कैद सजायको माग दाबी गरेको थियो । तर विशेष अदालतले प्रतिवादी खत्रीलाई ६ महिना कैद र हानी–नोक्सानी गरेको बिगोको दामासहितले हुन आउने १ लाख ६३ हजार ६७ जरिवाना, खत्री र खड्कालाई ५ महिना कैद र १ लाख ६३ हजार ६७ रुपैयाँ बिगो ठहर गरेको थियो ।

सो मुद्दाका प्रतिवादी चौधरी र दाहालले भने सफाइ पाएका थिए । जग्गा दर्ता समिति मार्फत विभागीय सहमति लिई कित्ता नम्बर १३७ र ८१५ को जग्गा दर्ता गर्न सिफारिस गरेको कार्य अन्यथा देखिन नआएपछि सो कार्यमा संलग्नता नदेखिएको भन्दै अख्तियारले उनीहरूलाई सफाइ दिएको थियो । चन्द्रबहादुर कार्की, गजेन्द्रबहादुर थापा, चन्द्रबहादुर कार्कीले आरोपित कसुरबाट सफाइ पाएका थिए ।

तर, विशेष अदालतले मालपोत प्रमुख दाहाललाई ४ लाख १४ हजार ४५३ रुपैयाँ बिगो, नापी प्रमुख चौधरीलाई ४ लाख ८९ हजार २०१ रुपैयाँ बिगोसहित भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा (१) बमोजिम सजायको माग गर्दै सर्वोच्चमा पुनरावेदन दिएको हो ।

यस्तै अख्तियारले जग्गाधनी गजेन्द्रलाई ४ लाख १४ हजार ४५३ रुपैयाँ र रामबहादुरलाई ७४ हजार ७४८ रुपैयाँ बिगोसहित उनको नाममा रहेको जग्गाको दर्ता स्रेस्ता भ्रष्टाचार ऐन २०५९ को दफा ८ को उपदफा ९१० बमोजिम बदरको माग गरिएको छ । नासु कार्कीलाई ६३ हजार ८५० रुपैयाँ बिगोसहित सजायको माग गरेको छ । प्रतिवादीहरू सियाकान्त, यदुनाथ, चन्द्रबहादुर, गजेन्द्र,रामबहादुर,गणेशकुमारका हकमा सफाइ दिने विशेष अदालतको फैसला बदर गरी सजायको माग गर्दै पुनरावेदन गरेको अख्तियारले जनाएको छ ।

Published Date: 08 January 2024
ताजा
काठमाडौँ उपत्यकाको प्रमुख खानेपानी आपूर्ति केन्द्र सुन्दरीजलमा पनि खानेपानी अभाव
इरान–अमेरिका द्वन्द्व थप चर्कियो: १४० सैन्य लक्ष्यमा अमेरिकी आक्रमण, होर्मुज जलसन्धि बन्द
आज आइतबार र भोलि सोमबार धेरै भारी वर्षा हुने सम्भावना
आइतबार सुनको मूल्य सामान्य बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय