५ लाख ३० हजार भारतीय नगदसहित भारतीय नागरिक पक्राउ

५ लाख ३० हजार भारतीय नगदसहित भारतीय नागरिक पक्राउ : Icon Khabar

सप्तरी, पुस २२ । प्रहरीले अज्ञात मुलकको ५ लाख ३० हजार भारतीय रुपैयाँसहित सप्तरीबाट शनिबार एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
a
जिल्ला प्रहरी कार्यालय सप्तरीले शनिबार पत्रकार सम्मेलन गरी पक्राउ गर्नेमा मधुवनी ग्राम पञ्चायत–३ सुब्बतोलका २५ वर्षीय सञ्जयकुमार यादव रहेको जानकारी दिएको छ । उनलाई राजगढ गाउँपालिका–२ झौराचोकबाट नगदसहित पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक गजुसिद्धि ब्रजाचार्यले विभिन्न सवारी साधनको नियमित चेकजाँचका क्रममा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले यादवको बीआर ५० ब १५४२ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गरी नगदसहित पक्राउ गरेको बताए । यादवले मोटरसाइकलको थुप्रोमा लुकाएर भारतीय रुपैयाँ नेपाल ल्याउन खोजेको आरोप छ ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 07 January 2024
Website | + posts


ताजा
विराटनगरको भाटभटेनीमा पनि भेटियो शव
ऊर्जामन्त्री घिसिङद्वारा विद्युत् प्राधिकरणको वक्यौता बापतको रकम उठाउने पहिलो निर्णय
मन्त्रिपरिषद्को पहिलो बैठक अहिले अपरान्ह ४ बजे
चीनको क्रिमसन स्न्यापर माछा: नुन हालि, घाममा सुकाउने डान्झाउको प्राचीन विधि अमूर्त सांस्कृतिक सम्पदामा सूचीकृत


ट्रेन्डिङ
भक्तपुर मोडर्नमा मतदान र खाद्य प्रदर्शनी सम्पन्न
राजु कर्माचार्यको आफ्नै शब्द, संगीत र स्वरमा सजिएको नयाँ गीत “आफ्नो मान्छे” सार्वजनिक
आइकन खबर डटकम अब साइकल कनेक्ट भक्तपुरको आधिकारिक मिडिया पार्टनर
सुनको मूल्यले रेकर्ड बनाउने क्रम जारी, चाँदी भने सामान्य घट्यो