५ लाख ३० हजार भारतीय नगदसहित भारतीय नागरिक पक्राउ

५ लाख ३० हजार भारतीय नगदसहित भारतीय नागरिक पक्राउ : Icon Khabar

सप्तरी, पुस २२ । प्रहरीले अज्ञात मुलकको ५ लाख ३० हजार भारतीय रुपैयाँसहित सप्तरीबाट शनिबार एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
a
जिल्ला प्रहरी कार्यालय सप्तरीले शनिबार पत्रकार सम्मेलन गरी पक्राउ गर्नेमा मधुवनी ग्राम पञ्चायत–३ सुब्बतोलका २५ वर्षीय सञ्जयकुमार यादव रहेको जानकारी दिएको छ । उनलाई राजगढ गाउँपालिका–२ झौराचोकबाट नगदसहित पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक गजुसिद्धि ब्रजाचार्यले विभिन्न सवारी साधनको नियमित चेकजाँचका क्रममा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले यादवको बीआर ५० ब १५४२ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गरी नगदसहित पक्राउ गरेको बताए । यादवले मोटरसाइकलको थुप्रोमा लुकाएर भारतीय रुपैयाँ नेपाल ल्याउन खोजेको आरोप छ ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Published Date: 07 January 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास