ललितपुरको ऐतिहासिक एवं प्राचीन स्थान बुङ्ग अर्थात बुङ्गमति (फोटो फिचर)

ललितपुरको ऐतिहासिक एवं प्राचीन स्थान बुङ्ग अर्थात बुङ्गमति (फोटो फिचर) : Icon Khabar

काठमाडौं, पुस २२ । बुङ्गमति ललितपुर जिल्लाको दक्षिण भेगमा रहेको सुन्दर वस्ती हो । यसलाई स्थानीय भाषामा बुङ्ग भनिन्छ । उक्त बस्ति समुद्री सतहबाट १४०० मिटर माथी अवस्थित छ । बुङ्गमति हाल ललितपुर महानगरपालिकाको वडा नं. २२ मा पर्छ ।

पूर्वमा सुनाकोठी, ठेचो, दक्षिणमा कार्यविनायक, उत्तरमा खोकना रहेको यस बुङ्गमतिमा नेवार बाहुल क्षेत्र भएकोले यहाँको टोलहरुको अधिकांश नाम पनि नेवार भाषामै रहेको पाइन्छ ।

ऐतिहासिक र प्राचीन साँस्कृतिक स्थान बुङ्ग अर्थात बुङ्गमति किराँतकालदेखि नै स्थापना भएको देखिन्छ । यस स्थानमा स्थापित जलप्राणी (खाने पानी राख्ने भाडो) आजु अजि द्यो (मनकामना देवी) जुन मुःननीमा छ ।

मच्छिन्द्र बहालभित्रको बहिमा दशैंको अष्टमी, महानवमी, विजया दशमी र एकादशी चार दिन भव्य रुपमा जात्रा गरिन्छ । यस जात्राको अवधिमा धुस्वाँपो खाय्गु जात्रा (जुन तन्त्रमय साधनाबाट यस गाउँकै मान्छेमा हनुमानको शक्ति उत्पन्न भई स्वतःस्फूर्त रुपमा बाँसमाथि चढ्ने र ओर्लने गरी यस मच्छिन्द्र बहालका देवी देवताको मन्दिर घुमी सम्पन्न गरिन्छ ।

जात्रा सकिएपछि मुर्छित हुने र सो व्यक्तिलाई तन्त्र साधना पूजाआजा गरी ब्युँत्याइन्छ । महिस्पाल, माली, ज्यापु, पो, नाय् लगायत अन्य जातजाती रहेको यस बुङ्गमतिमा वडेमानको भैलद्यो विराजमान छ । जसलाई ह्यग्रीव भैरवको नामले पनि चिनिन्छ । प्रत्येक बाह्रवर्षे मेलामा सो भैरवको अगाडि खोकना, थेचो, हरिसिद्धि अन्य ठाउँको देवी नाच देखाउन ल्याइन्छ । यसबाट पनि बुङ्गमतिको प्राचीनतम् इतिहास प्रष्ट हुन्छ ।

दशैको मूल जात्रा मनकामना माई (आजु अजि)को जात्रामा सलचा प्याखँ देखाइन्छ । जुन नाँच आजु अजि द्योको खत जात्रा सँगसँगै अगाडि बढाएर टोल टोलमा जात्रा गरिन्छ ।

सेतो मुकुण्डो, सेतै जामा लगाएर सेतै घोडा चढेर बाजाको तालमा नाचिन्छ । मच्छिन्द्र नाथको मन्दिरमा तिनचोटी परिक्रमा गरेपछि मात्र अन्य टोलमा अघि बढ्छ । खोकनाको जात्रामा दक्ष प्रजापतिको अश्वोमधयद्यको पुरातन कथा र सो कथामा छोडेको अश्व (घोडा) बुङ्गमतिमा आएको एकथरिको विश्वास छ भने अर्कोथरिको विश्वास अनुसार ह्याग्रीव भैरव स्वयम् घोडा भई दशैको जात्रामा मच्छिन्द्रनाथको परिक्रमा गर्दछ भन्ने कथा पनि पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
Published Date: 07 January 2024
Website | + posts
ताजा
रास्वपाको चेतावनी : नाटक सदनमा रचियो भने, जवाफ सडकले दिनेछ
काँग्रेस-एमालेको स्पष्टीकरणः उपसभामुखमाथि महाअभियोग प्रस्ताव दर्ता गर्न हस्ताक्षर गरिएको होइन
अमेरिकामा ६ हजारभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा रद्द
उपसभामुख हटाउन दुई तिहाइ पुर्‍याउने कसरत सुरु


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू