अहिले हेलचक्र्याइँका कारण कोरोनाको संक्रमण तीव्र गतिमा फैलिरहेको छ: डब्ल्यूएचओ

अहिले हेलचक्र्याइँका कारण कोरोनाको संक्रमण तीव्र गतिमा फैलिरहेको छ: डब्ल्यूएचओ : Icon Khabar

काठमाडौँ, पुस २१ । विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले विश्वभर पुनः तीव्ररूपमा कोरोना संक्रमण फैलिएको बताएको छ। गत वर्ष मात्रै कोरोना महामारी अन्त्यको घोषणा गरेको डब्ल्यूएचओले अहिले कम चासो र हेलचक्र्याइँका कारण तीव्र गतिमा संक्रमण फैलिएको बताएको हो।

डब्ल्युएचओले पृथ्वीको उत्तरी गोलार्धका देशहरूमा चिसोको समयमा संक्रमणको गति अधिक मात्रामा वृद्धि हुने अनुमान गरेको छ। प्रवक्ता क्रिस्टियन लिन्डमायरले जेनेभामा आयोजित पत्रकार सम्मेलनमा हाल विश्वभर कोभिड–१९ का ८ लाख संक्रमित रहेको तथ्यांक स्वास्थ्य संस्थाहरुमा रहे पनि धेरैजसोले कोभिड परीक्षण नगराएकाले यो संख्या लाखौँका हुनसक्ने बताएका छन्।

अहिले फैलिरहेको कोभिडको नयाँ भेरियन्ट जेएन–वान हो। यसको संक्रमणको गति तीव्र छ। यो सन् २०२२ मा सर्वाधिक फैलिएको ओमिक्रोन भेरियन्टकै नयाँ स्वरुप हो। यसविरुद्ध अहिलेसम्म हालसम्म साढे १३ हजार डोज खोप लगाइएको छ।

डब्ल्यूएचओको तथ्यांक अनुसार सन् २०१९ को डिसेम्बरमा चीनको वुहानमा पहिलो पटक देखिएको कोरोनाबाट तीन वर्षमा विश्वभर ६९ लाख ९१ हजार मानिसको मृत्यु भएको छ।

Published Date: 06 January 2024
ताजा
रुकुम पूर्वबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचित
काठमाडौं–८ मा रास्वपाका विराजभक्त श्रेष्ठ भारी मतान्तरले निर्वाचित
प्रतिनिधिसभा निर्वाचन २०८२: भक्तपुर–१ मा रुकेश रंजित ९,१२३ मत प्राप्त गरी अगाडि, प्रेम सुवाल पछ्याउँदै
प्रतिनिधिसभा निर्वाचन २०८२: भक्तपुर–१ मा रुकेश रंजित ९,१२३ मत प्राप्त गरी अगाडि, प्रेम सुवाल पछ्याउँदै


ट्रेन्डिङ
चाँगुनारायण मन्दिर जाने सडकमै मोटरसाइकलसँग २५ रुपैयाँ असुली, यात्रुहरूको गुनासो
नवदम्पतीलाई यौन जीवनबारे केही सुझाव : स्वस्थ सम्बन्धको आधार आपसी समझदारी
बिहिबार सुनको भाउ प्रतितोला ४ हजार ३ सय रुपैयाँले बढ्यो
शुक्रबार सुनको भाउ घट्यो