राष्ट्रियसभाको सीट बाँडफाँटका लागि गठबन्धनको बैठक बस्दै

राष्ट्रियसभाको सीट बाँडफाँटका लागि गठबन्धनको बैठक बस्दै : Icon Khabar

काठमाडौं, पुस २१ । सत्ता गठबन्धन बैठक आज (शनिबार) बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ९ बजेका लागि बैठक बोलाइएको हो ।

राष्ट्रियसभा निर्वाचनमा सिट बाँडफाँटका लागि बैठक बोलाइएको नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । राष्ट्रियसभा निर्वाचनमा सिट बाडँफाँटका लागि अहिले गठबन्धन दलका शीर्ष नेताहरू निरन्तर छलफलमा छन् । बुधवार प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग पनि शीर्ष नेताहरूले छलफल गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डले एमालेलाई पनि सीट दिएर जानुपर्ने प्रस्ताव राखेपछि गठबन्धनमा केही असन्तुष्टि बढेको छ । राष्ट्रियसभामा खाली हुने सिटमा यसअघि दलले लिएका सिट सोही सत्तारूढ दलले लिने सहमति लगभग भएको छ । एमालेको खाली ९ सिट कसरी मिलाउने भन्नेमा दलहरू अहिले छलफलमा छन् । राष्ट्रियसभामा एमालेलाई के गर्ने भन्ने विषयमा पनि दलहरुबीच छलफल हुने बुझिएको छ ।

Published Date: 06 January 2024


ताजा
भक्तपुरको चाँगुनारायण नगरपालिका–४ मा २५ लाख रुपैयाँ भन्दा बढीका गरगहना चोरी
एक महिने ब्युटी पार्लर तालिम सम्पन्न, सीपलाई व्यवसायमा रूपान्तरण गर्न आग्रह
संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपतिलाई आग्रह गर्ने मन्त्रिपरिषद्को निर्णय
अमेरिकाद्वारा इरानका सैन्य ठेगानामाथि पुन: बमबारी






ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
समयसँग जुध्दै, सपनालाई आकार दिँदै: मनोरम बोर्डिङ्ग स्कुलको प्रेरणादायी यात्रा
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा
मन्टेसरी एजुकेशन स्कूलको नवौं वार्षिकोत्सव तथा दीक्षान्त समारोह सम्पन्न