राष्ट्रियसभाको सीट बाँडफाँटका लागि गठबन्धनको बैठक बस्दै

राष्ट्रियसभाको सीट बाँडफाँटका लागि गठबन्धनको बैठक बस्दै : Icon Khabar

काठमाडौं, पुस २१ । सत्ता गठबन्धन बैठक आज (शनिबार) बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ९ बजेका लागि बैठक बोलाइएको हो ।

राष्ट्रियसभा निर्वाचनमा सिट बाँडफाँटका लागि बैठक बोलाइएको नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । राष्ट्रियसभा निर्वाचनमा सिट बाडँफाँटका लागि अहिले गठबन्धन दलका शीर्ष नेताहरू निरन्तर छलफलमा छन् । बुधवार प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग पनि शीर्ष नेताहरूले छलफल गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डले एमालेलाई पनि सीट दिएर जानुपर्ने प्रस्ताव राखेपछि गठबन्धनमा केही असन्तुष्टि बढेको छ । राष्ट्रियसभामा खाली हुने सिटमा यसअघि दलले लिएका सिट सोही सत्तारूढ दलले लिने सहमति लगभग भएको छ । एमालेको खाली ९ सिट कसरी मिलाउने भन्नेमा दलहरू अहिले छलफलमा छन् । राष्ट्रियसभामा एमालेलाई के गर्ने भन्ने विषयमा पनि दलहरुबीच छलफल हुने बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 06 January 2024
Website | + posts










ताजा
बासु माध्यमिक विद्यालयमा कक्षा १० को विदाइ तथा कक्षा ११ को स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न
काठमाडौंको सार्वजनिक स्थलहरूमा धुम्रपान गरे रू पाँच सय जरिवाना तिर्नुपर्ने
सबै सरकारी अस्पतालले हरेक शुक्रबार बिहान एक घण्टा लामखुट्टेको लार्भा नष्ट गर्नुपर्ने
नयाँ नोट छाप्नका लागि राष्ट्र बैंकद्वारा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान










ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट