हिमाल र पानीको स्रोत बचाउन नेपाल र भारत मिलेर काम गर्नुपर्छ: राष्ट्रपति पौडेल

हिमाल र पानीको स्रोत बचाउन नेपाल र भारत मिलेर काम गर्नुपर्छ: राष्ट्रपति पौडेल : Icon Khabar
तस्बिर : केशव गुरुङ

काठमाडौँ, पुस १९ । राष्ट्रपति रामचन्द्र पौडेलसँग भारतका विदेशमन्त्री डा. एस जयशङ्करले शिष्टाचार भेटवार्ता गरेका छन् । विदेशमन्त्री जयशङ्करले आज बिहान राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका हुन्।

भेटका अवसरमा राष्ट्रपति पौडेलले नेपाल भारतबीच कनेक्टीभिटी, जलवायु परिवर्तन असरको न्यूनीकरण र जलविद्युतकाे विकासमा सहकार्य तथा सहयोग आवश्यक रहेकामा जोड दिए । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेलले हिमाल र पानीको स्रोत बचाउने विषय साझा एजेण्डा भएकाले यसमा मिलेर गम्भीरतापूर्वक काम गर्न जरुरी रहेको बताए ।

उनले कृषि, ऊर्जा शक्ति, पर्यटनको विकास र मानव संसाधन विकास नेपालको प्राथमिकतामा भएकाले यसमा सहकार्यका लागि विदेशमन्त्री जयशङ्करसँग आग्रह गरे।

सो अवसरमा भारतीय विदेशमन्त्री जयशङ्करले नेपालका सम्भावनाप्रति भारत जानकार रहेको उल्लेख गर्दै सबै क्षेत्रमा भारतको निरन्तर सहयोग रहने बताए । नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन विदेशमन्त्री डा. जयशङ्कर आज बिहान काठमाडौँ आएका हुन्।

Published Date: 04 January 2024


ताजा
बुधबार नेप्से परिसूचक १४.४५ अंकले घट्यो
क्षतिपूर्तिबापत पाँच लाख रुपैयाँ दिएपछि भीरबाट टेम्पो खसालेको घटना साम्य
६२९औँ कबीर साहेब प्रकट दिवसका अवसरमा तीन दिने आध्यात्मिक कार्यक्रम आयोजना हुने
तराईमा निरन्तर तापक्रम वृद्धि, सर्वसाधारणलाई तातोबाट जोगिन र सावधानी अपनाउन आग्रह


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी