राष्ट्रियसभा निर्वाचनको सिट बाँडफाँटमा सत्तारुढ गठबन्धनबीच अझै सहमति जुट्न सकेन

राष्ट्रियसभा निर्वाचनको सिट बाँडफाँटमा सत्तारुढ गठबन्धनबीच अझै सहमति जुट्न सकेन : Icon Khabar

काठमाडौं, पुस १९ । सत्तारुढ गठबन्धनमा राष्ट्रियसभा निर्वाचनलाई लिएर सिट बाँडफाँटमा अझै सहमति जुट्न सकेन।

बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका चार दलको बैठकले सिट बाँटफाँटको विषय अझै टुङ्ग्याउन नसकेको हो । सरकारमा सहभागी चार राजनीतिक दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी) का नेताहरुको बीच छलफल भएको तर सिट बाँटफाँटको विषय टुङ्गिनसकेको हो ।

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आज साँझ वा शुक्रबार बिहान पुनः बस्नेगरी बैठक सकिएको बताए। प्रमुख सचेतक लेखकले एमालेसँगको छलफल समसामयिक राजनीतिक विषयमा भइरहेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 January 2024
Website | + posts