राष्ट्रियसभा निर्वाचनको सिट बाँडफाँटमा सत्तारुढ गठबन्धनबीच अझै सहमति जुट्न सकेन

राष्ट्रियसभा निर्वाचनको सिट बाँडफाँटमा सत्तारुढ गठबन्धनबीच अझै सहमति जुट्न सकेन : Icon Khabar

काठमाडौं, पुस १९ । सत्तारुढ गठबन्धनमा राष्ट्रियसभा निर्वाचनलाई लिएर सिट बाँडफाँटमा अझै सहमति जुट्न सकेन।

बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका चार दलको बैठकले सिट बाँटफाँटको विषय अझै टुङ्ग्याउन नसकेको हो । सरकारमा सहभागी चार राजनीतिक दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी) का नेताहरुको बीच छलफल भएको तर सिट बाँटफाँटको विषय टुङ्गिनसकेको हो ।

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आज साँझ वा शुक्रबार बिहान पुनः बस्नेगरी बैठक सकिएको बताए। प्रमुख सचेतक लेखकले एमालेसँगको छलफल समसामयिक राजनीतिक विषयमा भइरहेको बताए।

Published Date: 04 January 2024